Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ठुलाे संकटबाट बच्याे गठबन्धन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 19, 2022
203

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी अगाडि बढाउने पक्षमा छन् । उनले ५ फागुनमा सत्ता गठबन्धनका शिर्ष नेताहरु प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादवलाई राखेर एमसीसीबारे के गर्ने भनेर सोधे । कम्तिमा संसदमा टेबल गर्नेसम्ममा सहमत हुन भने । प्रचण्ड सभामुख अग्निप्रसाद सापकोटाले समेत आफूले भनेको नमान्ने बताइरहेका थिए । माधव नेपाल पनि यथास्थितिमा एमसीसी पारित गर्न सकिदैन भनिरहेका थिए । उपेन्द्र यादव समेत यही लाइनमा देखिन थाले । देउवा चिढिए ।

साँझ सत्ता गठबन्धनको बैठक सकिएलगत्तै उनी पत्नी आरजु देउवालाई लिएर बालकोट पुगे । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे । ओलीले केही सर्तहरु राखे । देउवा कतिपयमा सहमत भए । विशेषगरी गठबन्धन पहिले टुटाउनुपर्ने र सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने सर्त थियो । त्यसपछि पार्टीमा छलफल गरेर निर्णय गर्ने कुरा गरे । एमसीसीबारे ओली स्पष्ट भएनन् । देउवा बालुवाटार फर्किनका लागि हिंडे ।

देउवा हिंडेको केही मिनेटमा ओलीले पुनः फोन गरेर डाके । देउवाको गाडी फेरि मोडियो । उनी बालकोट फर्किए । ओलीले केही सर्त राखे । एमसीसी पारित गर्न साथ दिने भन्दै राजनीतिक लेनदेनको कुरा गरे । केन्द्र देखि प्रदेश सम्म सरकार गठनको कुरा निकाले । विभिन्न प्रदेशमा एमाले नेतृत्वको सरकार गठनमा साथ दिन प्रस्ताव गरे । जसमा प्रदेश १, बागमती, लुम्बिनी, सुदूरपश्चिम थिए । केन्द्रमा पनि आलोपालो प्रधानमन्त्रीको सर्त राखे । चुनावमा आफू प्रधानमन्त्री बन्न साथ दिनुपर्ने विषय उठाए ।

देउवा ओलीको सर्त मान्न तयार भएनन् । उनले छलफल गर्छु मात्र भनेर फर्किए । भोलिपल्ट सत्ता गठबन्धनको बैठक बस्यो । देउवा जसरी पनि एमसीसी अगाडि बढाउने मुडमा पुगिसकेका थिए । उनले कम्तिमा एमसीसी टेबल गर्न र मतदानको निर्णय जे हुन्छ हुन्छ भन्नेमा पुगे । प्रचण्ड टेबल गर्ने पक्षमा पनि सकारात्मक थिएनन् । माधव नेपालले लचिलो बन्ने गरी टेबलको पक्ष लिए । उपेन्द्र यादवको लाइन पनि त्यही भयो ।

८ फागुनमा एमसीसी टेबल गर्ने गरी सहमति गरे नेताहरुले । जसका कारण सत्ता गठबन्धन टुट्नबाट जोगियो । देउवा एमसीसी टेबल पनि गर्न नमान्ने प्रचण्डको अडान रहेको भए गठबन्धन तोडेर ओलीसँग भद्र सहमति बनाउने गरी बढिसकेका थिए । तर, एमसीसी टेबल गर्ने सहमतिले गठबन्धनको दुर्घटना टरेको थियो । reportersnepal.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved