
आकाश मगर,उदयपुर।उदयपुरको त्रीयुगा नगरपालिका वडा न.७ होक्सेको मदन भण्डारि राजमार्गमा मोटरसाईकल दुर्घटना भएकोछ। कटारिबाट गाईघाट तर्फ आउदै गरेको बा.प्र ०२ -०१७ प ६८२२ नम्बरको मोटरसाईकल सङ्ग गाइघाटबाट नेपालटार तर्फ जाँदै गरेको बा३५ प ६५४० नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदा मोटर साईकलमा सवार तीन जना घाईते भएका हुन।
घाईतेहरुमा बा.प्र ०२-०१७ प ६८४० चालक सिन्धुलि ४ का बर्ष अन्दाजी ३० को राजु कार्की सामान्य घाईतेछन भने अर्का बाईक चालक बा ३५ प ६५४० का चालक उदयपुरगढी गाउपालिका ७ नेपालटारका अन्दाजि बर्ष २८-३० निशान भुजेल र उनका पछाडी बस्ने अर्का ब्यक्तीलाई पनि सामान्य चोट पटक लागेकोछ तर मोटरसाईकल भने पुर्ण क्षती भएको छ।

घाईते तिनै जनालाई नेपाल प्रहरी,गाउले र रौतामाई गाउपालिका सङ्गम चोकमा खटिएका ट्राफिक प्रहरी पुरुषोत्म घिमिरे आदिले उद्वार गरि जिल्ला अस्पताल गाईघाटमा पठाएका थिए। घाईते तिनै जनाको जिल्ला अस्पतालमा उपचार भै रहेको छ।
