Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सत्तागठबन्धनको बैठक आज फेरि बस्दैछ तर एमसीसीबारे सहमति जुट्ने सम्भावना छैन : नेता लिलामणि पोखरेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 18, 2022
58

भानुभक्त आचार्य ,काठमाडौ ।

हिजो बिनानिष्कर्ष टुंगिएको सत्तागठबन्धनको बैठक आज फेरि बस्दैछ तर बैठकमा एमसीसीबारे सहमति जुट्ने सम्भावना नरहेको माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले बताएका छन् । आफूहरुले उठाएका विषयमा सरकारको नेतृत्व गरिरहेको नेपाली कां माओवादी केन्द्रले हिजो बालुवाटारमा बसेको बैठकमा चारवटा विषय उठान गरेको थियो । तर, ती कुनै पनि विषयमा सरकार गम्भीर नभएको पोखरेलको आरोप छ ।

‘हामीले चार वटा कुरा उठाएका छौँ । सरकार ती कुनै पनि कुरामा सहमत देखिएको छैन’ उनले भने ‘त्यो भएर आजको बैठकमा सहमति होला भन्ने मलाई लाग्दैन ।’ पोख्रेलका अनुसार माओवादीले पहिले संसद् खोल्नुपर्ने बताएको छ । सर्वदलीय सहमति गर्न र संशोधनपछि मात्रै एमसीसी टेबल गर्ने विषयलाई गठबन्धनको बैठकमा निर्णायक रूपमा प्रस्तुत गरिएको उनले बताए ।

‘संसद् अवरुद्ध छ यस्तो अवस्थामा टेबल गरेर कसरी छलफल हुन सक्छ । पहिले संसद् खोल्नु पर्ने, त्यसपछि केही विषय संशोधन गर्नुपर्ने र राष्ट्रिय सहमति गरेर मात्रै एमसीसी टेबल गर्नु पर्ने कुरामा जोड दिएका थियौं’, उनले भने, ‘तर सरकार कुनै पनि कुरामा सकारात्मक देखिएको छैन । सरकार जबरजस्ती पास गर्ने मनसायमा छ ।’

अहिले निर्वाचन वर्ष भएको हुँदा निर्वाचनभन्दा पछि मात्रै एमसीसीबारे छलफल गर्न सकिनेसमेत सुझाव दिएको तर, त्यसमा आज पनि सहमति हुने सम्भावना नरहेको उनी बताउँछन् ।अमेरिकाले सम्झौतामा परिमार्जन हुन नसक्ने र फागुन १६ सम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ बारे उनी भन्छन्, ‘यो बेकार कुरा हो । ’

माओवादीले उठाएका विषयमा ध्यान दिन र त्यसको निकास दिनसमेत आग्रह गरेको उनको भनाइ छ । माओवादीले सहमति विना एमसीसी टेबल गरे सरकारबाट फिर्ता हुने निर्णय नै गरिसकेको छ ।

सत्ता गठबन्धनमा खटपट सुरु भए पनि धर्मपत्नी आरजु राणा देउवालाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा हिजो मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए । उनले त्यहाँ सदन खोल्न र एमसीसीबारे धारणा बनाउन आग्रह गरेका थिए । एमाले अध्यक्ष ओलीले तत्काल संसद् खोल्न नसकिने बताएपछि उनी फिर्ता भएका थिए ।

गठबन्धनमा खटपट सुरु भए पनि ओली भेट्न देउवा पुगेको विषयलाई समेत माओवादीले गम्भीर रूपमा लिएको छ ।केपी ओलीलाई फकाएर पास गर्ने योजना सहित देउवा बालकोट पुग्नु भएको हो माओवादी नेता पोख्रेलले भने त्यो कुरा पनि त्यति सजिलो छैन ।

सत्तारुढ गठबन्धनमा सहमति हुन नसकेपछि प्रधानमन्त्रीले विकल्प खोजेर एमाले अध्यक्षलाई भेटेको एकीकृत समाजवादी दलको पनि निष्कर्ष छ । तर, तत्काल सत्तासमीरण फेरिने सम्भावना भने कम रहेको एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताए ।

माओवादीले एमसीसी टेबल गरे सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको भए पनि एकीकृत समाजवादीले भने अहिलेसम्म त्यस्तो निर्णय गरेको छैन । एमसीसी र गठबन्धनबारे निर्णय गर्न भोलि स्थायी कमिटीको बैठक बोलाइएको छ ।‘तत्काल सत्ता समीरण परिवर्तन हुने सम्भावना कम छ’ प्रमुख सचेतक श्रेष्ठले भने ‘सहमतिको लागि अन्तिमसम्म प्रयास गर्छौ आज १० बजे त्यस विषयमा कुरा हुन्छ ।’

प्रमुख सचेतक श्रेष्ठले अहिले सरकारबाट बाहिरिनेबारे छलफल नभएको बताए । ‘हामी सरकारबाट फिर्ता हुने कुरा सोचेका छैनौं’, उनले भने ‘विशेष परिस्थितिमा बनेको गठबन्धन हो, अहिले परिस्थिति फेरिएको छैन त्यसैले छोडिहाल्नु पर्छ भन्ने हामीले छलफल गरेका छैनौँ ।’ गठबन्धन भित्रै सहमतिको बाटोमा अघि बढ्नु पर्ने उनले बताए । श्रेष्ठले एमसीसी टेबल गर्नुभन्दा पहिले अवरुद्ध संसद् खुल्नु पर्नेमा आफ्नो पार्टीले जोड दिइरहेको सुनाए ।

संसद् अवरुद्ध भएको हुँदा टेबल गरेर पनि छलफल हुने वातावरण नभएको अवस्थामा उनीहरूले पहिले संसद् खुलाउनु पर्ने बताएका थिए । त्यही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

सत्ता गठबन्धनमा खटपट सुरु भएपछि देउवा र ओलीको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उक्त भेटले माओवादी सरकारबाट फिर्ता भए सत्तासमीरण फेरिनसक्ने सङ्केत गरेको छ । तर, एमाले नेताहरू भने अहिले नै त्यो अवस्था आइनसकेको बताउँछन् ।प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बिचको भेटघाट स्वभाविकक रहेको एमाले सचिव पद्मा अर्यालको बुझाइ छ ।

‘संवादहीनता राम्रो कुरा होइन । सरकार प्रमुख र प्रमुख प्रतिपक्ष दलको नेता बिचको भेटघाट स्वभाविक हो’ उनले भनिन्, ‘पहिलो कुरा सत्तारुढ गठबन्धनको कुरा के हो ? उनीहरू सँगै जान सक्ने कि नसक्ने यो कुरामा स्पष्ट हुन आवश्यक छ ।’

तत्काल एमाले सत्तासाझेदार बन्ने सम्भावना नरहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘अहिले उहाँहरू सरकारमा हुनुहुन्छ । उहाँहरू छलफलमै हुनुहुन्छ । एकाएक कुनै चिजको लोभ देखाएर एमालेले सत्तासाझेदारी गर्ने भन्ने कुरै आउँदैन ।’

‘सत्ता साझेदारीको विषयमा आज हामी छलफलमै छैनौँ’ उनले भनिन् ‘हामीलाई सत्तामा जानु छैन । मुलुकलाई अगाडि बढाउने कुरा हो । जनतालाई सहजता दिलाउने कुरा हो ।’ यो गठबन्धन भत्किए वा सरकार अल्पमतमा परे नयाँ सिराबाट छलफल हुने उनले जानकारी दिइन् ।

आजै संसदमा एमसीसी टेबल गर्ने तयारीसहित गठबन्धनको बैठक बोलाइएको छ । सम्भावित कार्यसूचीमा एमसीसी नपरेपछि गठबन्धनको बैठकपछि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा यसबारे थप छलफल हुनेछ ।

गठबन्धनको बैठकपछि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले भने नजाने भएको छ । आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए । ‘आज पनि हामी कार्य व्यवस्था परामर्श समितिको बैठकमा उपस्थित हुँदैनौँ’ उनले भने ‘संसदमा पनि विरोध कायमै रहन्छ ।’ nepalperss.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved