Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओलीलाइ फेरी प्रधानमन्त्री बन्ने बाटो खुल्दै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 17, 2022
42 shares
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसी यथास्थितिमा पारित गर्न तयार नहुने पक्षमा उभिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा परेका छन् । उनी अब एमसीसीबाट पछि हट्ने या सत्ता गठबन्धन तोड्ने मध्येको निर्णयमा पुग्न वाध्य भइसकेका छन् ।

सम्भवतः ५ फागुन भोलि देउवाले कठोर निर्णय लिनुपर्ने हुन्छ । उनले लिने निर्णयमा गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन गर्ने नै हुने देखिइसकेको छ । देउवालाई काँग्रेसभित्रै गठबन्धन तोड्ने दबाब बढिसकेको छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति विना देउवाका लागि गठबन्धन तोड्नु अर्को जोखिम भइसकेको छ ।

गठबन्धन तोडेपछि देउवा अल्पमतमा पर्नेछन् । उनले फेरि विश्वासको मत लिनुपर्ने विषय उठ्नसक्छ । अर्कोतर्फ, एमसीसी १६ फागुनभित्र पारित गर्ने अडान लिएका देउवाका लागि धेरै समय छैन । अबको १२ दिनमा एमसीसी पारित गर्न नसके देउवा यस विषयमा असफल सावित हुनेछन् ।

देउवाले एमसीसीका लागि ओलीसँग सहमति गर्दा कतिपय शर्तहरु पूरा गर्नुपर्ने हुनसक्छ । विश्वस्त स्रोतका अनुसार ओलीका विश्वासपात्रहरुले देउवालाई विभिन्न सर्तहरु राख्न थालिसकेका छन् । जसमध्ये देउवा परमादेशबाट बनेको प्रधानमन्त्री रहिरहन नहुने विषय पनि छ । उनी या त फेरि एमालेको समर्थनमा प्रधानमन्त्री पुनः बन्नुपर्ने अवस्था आउँछ या त सत्ता छाड्ने अवस्था पनि बन्न सक्छ ।

एमसीसी पारित गर्न ओलीले बार्गेनिङ गर्न थालिसकेका छन् । जसमा सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने प्रस्ताव लाने विषय छ । विश्वस्त स्रोतका अनुसार ओलीनिकटस्थहरु उनलाई प्रधानमन्त्री बन्ने गरी बार्गेनिङ बढाउने तयारीमा छन् । एमसीसी पारित गर्ने सर्तमा ओली फेरि प्रधानमन्त्री बन्ने गरी सर्तहरु अगाडि बढाउने तयारीहरु भएको छ ।

नेपाली काँग्रेसभित्र गठबन्धन तोड्ने दबाब सँगै एमसीसीलाई प्रतिष्ठाको विषय बनाइएको छ । यसलाई पारित गर्न देउवाले त्याग गर्नुपर्ने अवस्था पनि आउने बुझिएको छ । काँग्रेसका एक प्रभावशाली नेताका अनुसार ओलीलाई प्रधानमन्त्री बनाएर भएपनि एमसीसी पारित गर्ने अवस्था आउनसक्छ । उनले भने, ‘बरु देउवा प्रधानमन्त्री छाड्न तयार हुनुहुन्छ तर एमसीसीबाट पछि हट्नुहुनेछैन । पारित गरेरै छाड्नुहुनेछ ।’ विकल्पमा ओली फेरि प्रधानमन्त्री बन्ने सम्भावना पनि बढेर गएको छ ।

एमसीसी असफल बनाउन सक्ने निर्णायक शक्ति पनि ओली नै देखिएका छन् । प्रचण्डले ओलीसँग पुनः मिलन हुनसक्ने बताइसकेका छन् । एमसीसी असफल बनाउने प्रचण्डको प्रयासमा सहयोगी बनेमा देउवालाई झड्का लाग्नसक्छ । उनलाई प्रधानमन्त्रीको कुर्सीबाट हट्नुपर्ने अवस्था बन्न सक्छ । त्यतिबेला ओलीलाई एमसीसी असफल बनाउन लागेकाले प्रचण्डले प्रधानमन्त्री बन्न साथ दिन सक्छन् । तर, त्यो सम्भावना कमजोर छ । यद्यपि, राजनीतिमा सम्भावनाको खेल हुन्छ । ओलीलाई एमसीसीमा निर्णायक शक्ति बन्दा फेरि सत्तामा उक्लने मौका आइरहेको देखिदैछ । File photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved