Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमसीसी फिर्ता लैजान एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई चौधरीको पत्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 16, 2022
6 shares

काठमाडौ। नेकपा एकीकृतका लुम्बिनी प्रदेश अध्यक्ष एवं संघीय सांसद मेटमणि चौधरीले अमेरिकी सहयोग परियोजना एमसीसी सैन्य रणनीति भएको दाबी गर्दै फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका छन् ।

एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले एमसीसीको ५० लाख डलर हरेक रात सडकमा सुत्न बाध्य भएका ५ लाख अमेरिकी जनताको सेवामा खर्च गर्न सुझाव दिएका छन् ।

एमसीसी इन्डोनेसियादेखि प्रशान्त महासागर प्रयोग गरेर चिनलाई घेर्न अमेरिकाले बनाएको योजना भन्दै यो स्वीकार्न नसकिने बताएका छन् ।

‘हामी कुनै पनि राष्ट्रको सैन्य रणनीतिमा संलग्न हुँदैनौं, सबैसँग पञ्चशीलको आधारमा समान व्यवहार गर्दछौं तर तिम्रो उपस्थितिले हामीलाई तिमीमा संलग्न हुन बाध्य बनाँउछ । यसैले तिम्रो उपस्थिति नेपालमा कुनै पनि हालतमा हुनु हुँदैन । किनकि हामी असंलग्न नीति मान्ने राष्ट्रका जनता हौं’ चौधरीले लेखका छन् ।

यस्तो छ सांसद मेटमणि चौधरीले लेखेको स्टाटस

श्री फतेमा सुमार
उपाध्यक्ष ,एमसिसि
बिषय – तिम्राे ५० लाख डलर हरेक रात सडकमा सुत्न बाध्य भएका ५ लाख अमेरिकि जनताहरूका सेवामा खर्च गर ।
तिम्राे देशभन्दा म १२ हजार ७ सय २५ कि.मि टाढा छु । तिम्राे देश बिश्वकै शक्तिशाली राष्ट्र हाे भनी म राम्ररि बुझेकाे छु । यसैले तिम्राे देशकाे हरेक नागरिक र अधिकारिहरूका मनाेबिज्ञान पनि समृद्ध हाेला भनी अपेक्षा गर्नु पनि स्वभाबिक नै मान्नु पर्दछ । यसैले मेराे र तिम्राे राष्ट्रका अधिकारिहरूका बिचमा एमसिसि परियाेजनामा २०७४ साल भदाै २९ गतेकाे दिन संझाैता भयाे । अनुदान हाे भनी हामि नेपाली खुशि भएपनि तिम्राे अधिकारिहरूले ठाँउठाँउमा दिएकाे अभिब्यक्तिले हामी झस्केकाे छाै । शँका गर्ने सुबिधा पाएका छाै । हामी नेपालिहरू तिम्राे ५० लाख डलरकाे बिषयमा साेझाे बुझाइ नै हाे तर तिम्राे अधिकारिहरूकाे रणनिति नै बेग्लै रहेछ । तिम्राे अधिकारिहरूका भनाइ अनुसार त – एमसिसि सैन्य रणनिति पाे रहेछ ! इन्डाेनेसिया देखि प्रशान्त महासागर प्रयाेग गरेर चिनलाई घेर्ने याेजना बनाएका रहेछाै र चिनलाई सताउनकाे लागि नेपालकाे भुमिलाई सबैभन्दा उपर्युक्त ठाउँ छानेकाे रहेछाै । हामी कुनै पनि राष्ट्रकाे सैन्य रणनितिमा संलग्न हुँदैनाै सबैसँग पञ्चशिलकाे अाधारमा समान व्यवहार गर्दछाै तर तिम्राे उपस्थितिले हामिलाई तिमिमा संलग्न हुन बाध्य बनाँउछ । यसैले तिम्राे उपस्थिति नेपालमा कुनै पनि हालतमा हुनु हुँदैन । किनकि हामी असंल्गना नीति मान्ने राष्ट्रका जनता हाे ।

फतेमा सुमार, तिमी देखिनमा कति सुन्दर छिउ ! तर तिम्राे देशकाे इतिहास कति खराब छ है! जहाँ जहाँ तिम्राे देशकाे प्रबेश हुन्छ – त्याे देशकाे अवस्था सुखद भएकाे एउटा देश नि भेटेकाे छैन । 1st World War र 2nd World War पनि तिम्राे शासकहरूका क्षणिक स्वार्थ- हतियार बेचेर धन कमाउने रणनितिकाे कारण युद्ध भएकाे कुरा धर्तिका कुनै पनि मानव जातिले भुलेका छैनाै । जुनसुकै नामबाट किन नहाेस – तिम्राे राष्ट्रकाे उपस्थितिले दुनियाँलाई खरानि, मानविय क्षति र सम्पत्तिकाे नाेकसानि बाहेक अरू केही पनि उपलब्धि छैन । यसैले हामिले तिम्राे सुन्दरतालाई पनि घृष्ण गर्न बाध्य छाै ।
तिम्राे देश बाहिराबाट हेर्दा जति समृद्ध देखिन्छ । नजिकबाट हेर्दा धेरै खराब र दयालाग्दाे देखिन्छ । प्रत्येक रात ५ लाख जनताहरू सडकमा कागज अाेढेर सुतिरहेका छन् । नेपालमा त्यस्ताे मान्छे एक जना नि छैन्न ।

नेपालकाे जनसंख्या भन्दा करिब दाेब्बर ५ कराेड ६० लाख जनताहरू गरिबिकाे रेखामुनि छन् । लाखाै अमेरिकिहरू दिनमा २ डलर मात्रै कमाई गर्दछन । यसबाट १ बाेतल पानी, ६ वटा अन्डा र १ वटा बर्गरमा बाँच्न बाध्य छन् । तिम्राे देशकाे उपचार पनि सार्है महँगाे छ । बालमृत्युदर निकै उच्च छ । सँसारकै हत्या हुने राष्ट्र हेर्ने हाे भने पनि अमेरिका अग्रणि स्थानमा छ । स्कुले बिद्यार्थीले चलाएकाे गाेलिबाट मृत्यु पनि प्रत्येक साल जस्तै भइरहन्छ । समाजमा अार्थिक बिभेद पनि निकै पराकिलाे छ । यसैले अमेरिकाभन्दा नेपालकाे अवस्था धेरै राम्राे छ । तिमिले नेपाल राष्ट्र र नेपालि जनताहरूका बिषयमा चिन्ता लिनु पर्दैन । बरू तिमी अाफनै देशमा फर्क, त्याे ५० लाख डलरले हरेक रात सडकमा सुत्ने अमेरिकि नागरिकहरूका उद्दारमा खर्च गर । महँगाे अाैषधिलाई सस्तोमा उपलब्ध गराउ । बालमृत्युदर घटाउनकाे लागि पाेषणयुक्त खाना सुत्केरीहरूलाई खुवाउ । कमसे कम तिम्राे जनताहरूलाई ६ लिटर पानी पिउने ब्यवस्था गर । पेटभरि खानाकाे ब्यवस्था गर । जनता मारेर नेपाललाई अनुदान चाहिएन । तिमिले नेपाल बसाइँ क्रममा पक्कै पनि देख्नु पर्ने हाे -“कुनै पनि नेपाली भाेकाे र तिर्खाएर बस्नु परेकाे छैन ।

फतिमा सुमार,
जाँदाजाँदै तिमिसँग केही जिज्ञासा पनि छ । तिमी पढेलेखिकि छिउ तर पनि नेपाली समाजकाे मनाेबिज्ञान बुझने किन प्रयास गरेछैनिउ ? हामिलाई चाहिन्न भन्दाभन्दै एमसिसि पास गर भन्दै किन नेताहरूका घरघरमा चहारिरहेकि छिऊ ? कहिलेकाँहि घुमाँउराे तरिकाले धम्क्याउछिउ पनि ! तिमिलाई थाहै रहेन्छ ! दुनियाकाे कुनै शक्तिसँग नडाराएका हामी नेपाली तिमिसँग डराउने त कुरै छैन । यसैले धम्काउने बन्द गर । यसैले हामिलाई तिम्राे अधिकारिहरूका नियतमा शँका लागिरहेकाे छ । पहिले पहिले त हामिलाई बुँदाहरू सुधार गरेर पास गराै भन्ने लागेकाे थियाे । तर अाजभाेलि तिम्राे ब्यवहारले सुधारकाे पनि कुनै संभावना देखिदैन । यसैले Go back Mcc.
उहि ।
मेटमणि चाैधरि
नेपाल
२०७८ फाल्गुण २

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved