खोटाङ।खोटाङमा एमसीसी सम्झौता विरुद्धमा र्याली निकालिएको छ। नेकपा माओवादी केन्द्र खोटाङको विभिन्न भातृ संस्थाहरुले बुधबार दिक्तेलबजारमा र्याली निकालेको हो।
एमसीसी सम्झौता विरुद्धमा युवा संघ, वाईसिएल, अनेरास्ववियू र अनेरास्ववियू(क्रान्तीकारी)ले पूरानो बेसक्यामदेखि किरातचोक रत्नपार्कसम्म ¥याली निकालेको थियो।
र्यालीमा राष्टघाती एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधिनता रक्षा गरौं, ‘नो एमसीसी’ एमसीसी चाहिन्दैन देश बेच्न पाईन्दैन, राष्ट्रहित विपरीतको एमसीसी खारेज गरौ, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा लगाईएको थियो।
रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको ¥यालीलाई वाईसिएलका केन्द्रीय सदस्य मिलन राई र अनेरास्ववियूका केन्द्रीय सचिव शम्भु घिमिरेले सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा राई र घिमिरेले एमसीसी सम्झौता पास गर्नमा सघाउने आफ्नो पार्टी तथा अन्य माननीयलाई जिल्ला प्रवेशमा निषेध गरिने बताए।
