Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अमेरिकामा पहिलो पटक एचआईभी संक्रमित एक महिलाको सफल उपचार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 16, 2022
0 shares

काठमाडौं । अमेरिकामा पहिलो पटक एचआईभी संक्रमित एक महिलाको सफल उपचार भएको छ ।वैज्ञानिकले ‘न्यू योर्क प्यासेन्ट’ (न्यू योर्ककी बिरामी) भनेर नामाकरण गरेकी एक महिला ‘स्टेम-सेल’ थेरापीपछि एचआईभीमुक्त भएकी हुन् । न्यू योर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ती महिलाको सफल उपचार भएको डेली मेलले जनाएको हो ।

‘स्टेम-सेल’ थेरापीपछि एचआईभीलाई जितेकी ती महिला रक्त क्यान्सर (ल्यूकेमिया)को बिरामीसमेत रहेको समाचारमा उल्लेख छ । उनी एचआईभीमुक्त हुने चौथो व्यक्ति हुन् । यसअघि एचआईभी संक्रमित तीनजना पुरुषको सफल उपचार भइसकेको छ ।

ती महिलालाई २०१३ मा एचआईभी र २०१७ मा ल्यूकेमिया भएको थियो । चार वर्षसम्म उपचार गरेपछि उनी क्यान्सरमुक्त भएकी थिइन् भने गत हिउँदमा स्टेम-सेल थेरापी रोकिएको थियो । थेरापी रोकिएको एक वर्षपछि उनको शरीरमा एचआईभीबाट संक्रमित कुनै कोष फेला परेको थिएन ।

के हो स्टेम–सेल थेरापी ?

‘स्टेम-सेल’ थेरापी क्यान्सर र एचआईभी जस्ता गम्भीर रोगको उपचार वा रोकथाम गर्न अपनाइने एक विधि हो । एकै खाले कोष उत्पादन गर्ने कोष (सेल) को प्रयोग हुने हुँदा यो विधिलाई स्टेम-सेल थेरापी भनिएको हो । यो निकै जोमिमपूर्ण उपचार विधि पनि हो । कतिपयले क्यान्सर अन्तिम चरणमा पुगेका मानिसमा यो विधि प्रयोग गर्नु अनैतिकसमेत मान्छन् ।

यो थेरापीका लागि सबैभन्दा पहिला दाता (डोनर) को आवश्यकता पर्छ । शरीरमा दुर्लभ प्रकृतिको म्युटेशन हुने भएका कारण दाताले भाइरसको प्रतिरोध गर्न सक्छन् । विज्ञहरूका अनुसार खासगरी युरोपको उत्तरी क्षेत्रमा बस्ने मानिसमा यस प्रकारको म्युटेशन हुने गर्छ ।

स्टेम-सेल थेरापीका लागि दाताले आफ्नो  नाभीको रगत र हड्डीभित्रको मासी दान गर्छन् । दान गरेको रगत र मासीलाई बिरामीको शरीरमा प्रत्यारोपण गरिन्छ । नाभीको रगतले रक्त क्यान्सरसँग लड्न सघाउँछ भने हड्डीभित्रको मासीले स्टेम-सेल प्रदान गर्छ ।

तर, स्टेम-सेल थेरापीका क्रममा प्राय: बिरामीको मृत्यु समेत हुने गर्छ । यही भएर सामान्य उपचार विधिमार्फत् एचआईभीसँग लड्न सक्ने स्वस्थ मानिसको उपचारमा यो विधि प्रयोग हुँदैन । त्यस्तै, क्‍यान्सर अन्तिम चरणमा पुगेका बिरामीको उपचारमा समेत यही विधि प्रयोग गरिँदै आएको छ । onlinekhabar.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved