काठमाडौं । माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले एमसीसीविरुद्ध उभिने औपचारिक निर्णय गरिसकेको छ । माओवादीले यथास्थितिमा एमसीसी स्वीकार्न नसकिने र जबरजस्त संसदमा पेस गरे सरकार छोड्ने माओवादी केन्द्रले जनाएको छ ।
यसअघि नै विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय गठबन्धन एमसीसीको विरोधमा उभिएका छन् । उनीहरुले आज एमसीसीको विरोधमा आज देशभर बन्द आह्वान गरेको छ ।

यसैबीच आज प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नहुने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो ।

माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले एमसीसीको विरोधमा उभिने निर्णय गरेको छ । बैठकलगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका थिए । ###तस्बिर अनलाइन खबर###
