काठमाडौ । मंगोल नेसनल अर्गनाइजेशनले हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो चुनाव चिन्न लिइ भाग लिन पाउनुपर्ने माग सहित ज्ञापन पत्र निर्वाचन आयोगलाई बुझाएको छ।
संगठनका केन्द्रीय मुल सचिब थमन बहादुर बुढा मगरको नेतृत्वमा फागुन ३ गते मंगलबार काठमाडौ स्थित कान्तिपथमा रहेको निर्वाचन आयोगमा उक्त ज्ञापन पत्र बुझाएको हो ।
मंगोल नेशनल अर्गनाइजेशनले निरन्तर लोकतन्त्र,धर्मनिरपेक्ष र प्रान्तीयतालाई संरक्षण गर्दै मुलबासी मंगोलको अस्तित्व तथा अधिकारको लागि लड्दै सम्पुर्ण जनताको हितमा काम गर्दै आएकोले आम जनताले आफुले रोजेर चुनाव चिन्हमा भोट हाल्न पाउने लोकतान्त्रिक अधिकारलाई निर्वाचन आयोगले कुन्ठित पार्न खोज्नु नहुने संगठनका केन्द्रिय प्रबक्ता दिलिप धिमालले बताए।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा संगठनका केन्द्रीय सचिब सन्तोष तामाङ ,केन्द्रिय कोषाध्यक्ष आङदावा शेर्पा , केन्द्रीय सह सचिब धन प्रकाश खिम्दुङ ,केन्द्रीय प्रचार सचिब मणि पापो लिम्बु , केन्द्रिय सर्बोच्च सभा सदस्य रिन्छेन तामाङ ,बागमती प्रान्तीय सभा अध्यक्ष राजेन्द्र तामाङ नुवाकोट जिल्ला सभा अध्यक्ष प्रदिक्षा तामाङ र सदस्य सुरेन्द्र तामाङ लगायतको सहभागीता रहेको थियो ।
