
दिक्तेल । खोटाङ जिल्लामै पहिलो पटक ‘सपीङ कम्प्लेक्स सहितको चिल्ड्रेन पार्क’ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारी बजेटमा ४ करोड ३७ लाख ८४ हजार ७५१ रुपैयाँमा उमा–लामा–अन्सुबी जेभीले सपीङ कम्प्लेक्स र चिल्ड्रेन पार्क निर्माण गरेको हो ।
पर्यटन मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ८० लाख ८४ हजार ७५१ रुपैयाँ गरी १ वर्षमा काम सक्नेगरी २०७८ बैशाख २६ गते सम्झौता भएको निर्माण कम्पनीका प्रतिनिधि सुनिल राईले जानकारी दिए ।
सपीङ कम्प्लेक्सका लागि बनाईएको भवनको पहिलो तलामा १४ वटा सटर र माथिल्लो तलामा ९६ वटा सटर बराबरको एकवटा रेष्टुरेन्ट हल र स्टलका लागि ५ वटा कोठा समेत रहेको छ। चिल्ड्रेन पार्कमा बालबालिकाका लागि विधुतीय पीङ, सामान्य पीङ, घोडा सवार, कोलम्बस, पौडी पोखरी लगायतका बिभिन्न मनोरञ्जन गर्ने संरचना रहेको छ।

उक्त उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकाेट मझुवागढी नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्याैपाने लगायत नगरपालिकाका कर्मचारि तथा व्यवसायी हरुकाे उपस्थिति रहेकाे थियाे।

उक्त निर्माण कम्पनीद्वारा “सपीङ कम्प्लेक्स र चिल्ड्रेन पार्क” हस्तान्तरण पछि नगरप्रमुख दीपनारायण रिजाल र नगर उपप्रमुख विणादेबी राईले सपीङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको उद्घाटन गरेका छन् ।
