काठमाडौं । काठमाडौंमा सरकार आवद्ध र प्रतिपक्षी दलहरु र लामो समय देखि सुकुम्बासीहरुको अधिकारको पक्षमा आवाज उठाउदै आएका संघ संगठन र सस्थाहरुको छाता संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको पटकपटकको बैकल्पिक व्यवस्था बिना तत्काल कुनै पनि स्थानमा रहेका भुमिहिन,सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई उटिबास नगर्न र नगराउन अनुनयविनय आएका हुन्।
तर काठमाडौंको मन्त्री आलेले उक्त अनुरोधलाई नसुनेको बताउदै कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ७,८ र ९ मा रहेका सुकुम्बासीहरुले बताउँछन ।तत्काल उठिबास नगर्न नगराउन भन्दै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको निवासमा धर्ना कार्यक्रम गरिएको नेताकार्यकर्ताहरुले बताएका छ्न। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको निवास कोटेश्वरमा आज फागुन ३ गते बिहान ७:३० बजे करिब १०० जनाको उपस्थितमा घेरेका हुन। काठमाडौं क्षेत्र नम्बर २ सुकुम्बासी र सुकुम्बासीको सरोकारवाला नेताकार्यकर्ता पुगि धर्ना दिएका हुन ।
धर्ना भन्दा अगावै पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री सेर बहादुर देउवा निवास गएको भन्दै अध्यक्ष नेपालका स्वकीय सचिव नितेश पौडेलले बताउनु भएको थियो। सो सुकुम्बासीको धर्नामा पुगेर सोही स्थान बाट सस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा सम्पर्क गरि तत्काल उठिबास नगर्न नगराउन भन्दै सम्बन्धित सरोकारवाला संग वार्ता बसि समाधान गर्नु भने पछी आजै सोही अनुसार बिहान ११ बजे सस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय , पशुपति बिकाश कोश र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका प्रतिनिधि तृपक्षी रूपमा बार्ता बस्ने सहमति भए पछी सुकुम्बासीहरुले धर्ना कार्यक्रम रोकेर बार्तामा जाने तयारीमा जुटेकाछन ।
सस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पशुपति बिकाश क्षेत्रमा रहेका करीब १५० सुकुम्बासीहरुको घर टहरा हटाउन प्रकाशित गरेको सूचना भोलि फागुन चारको समयावधि समाप्त हुन लागेसंगै स्थानीय अव्यवस्थित सुकुम्बासी भुमिहिनहरु मर्ता हैत क्या नगर्ता भनेझैं आन्दोलनमा उत्रिएका हुन। करिब चालीस बर्ष देखि पशुपति बिकाश कोषको छेत्र बित्र अस्थायी घर टहरामा १५० घरपरिवार बस्तै आएको र आफुहरुले भोगचलन गर्दै आएको स्थान बाट अर्को व्यवस्था नभए कहि जाने ठाँउ नरहेको बताउदै आएकाछन । पशुपति बिकाशको छेत्र भित्रका सुकुम्बासी लाई भोलि फागुन ४ गतेसम्मको सूचना निकालेको र सो अवधिभित्र नहटे जुनसुकै चुनौती लिएर पनि उठाउछु भन्दै मन्त्री आलेले यदी त्यसो गर्न नसके मेरो मन्त्री पद त्याग्छु तर उठाएरै छाड्ने भन्दै अड्डी कसेपछी सोही छेत्र बाट मत पाएर बिजय भएका माननीय सांसद तथा पुर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाललाइ हारगुहार गर्दै सस्कृती मन्त्रालय र पशुपति बिकाश कोसलाइ बैकल्पिक व्यवस्था नहुन्जेल तत्काल सुकुम्बासी उठिबास रोक्न रोकिदिन विशेष पहलको अनुनय बिनय गर्दै पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल निवासमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको संयुक्त सुकुम्बासी राष्ट्रिय मोर्चाका सल्लाहकार दल मर्दन कामिले बताए धर्नाको नेतृत्व नारायण परिश्रमि , दलमर्दन कामी ,हुकुम बहादुर लामा,राजकुमार पाण्डे ,झवरलाल उराँव,लिला बहादुर मोक्तान,स्मिता आचार्य,लगायतका नेताहरूले गरेकाहुन ।
राज्यको एउटा मन्त्रालय सुकुम्बासीलाई लालपुर्जा दिने भन्दै सूचना प्रकाशन गर्ने र अर्को मन्त्रालय विकल्प बिनै सुकुम्बासी उठिबासको सूचना टास्ने र जनतालाई आतंकित गरेको भन्दै राज्यले दोहोरो चरीत्र देखाइ सुकुम्बासी उठिबासमा गत सनिश्चवार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटारमा रहेको सुकुम्बासी बस्ती बाट आन्दोलनको सुरुवात गर्दै बसोबासका आधारमा लालपुर्जा वितरण तथा बिना विकल्प उठीबास सदाको लागी बन्द गर्न गराउने उदेश्यले आन्दोलनको घोषणा गरेको सुकुम्बासी मोर्चाका अर्का नेता राजु लामा पदम सिजापति र झवरलाल उरावले बताएका छ्न। केही दिन अघि सुकुम्वासी, अव्यवस्थित बसोबासका अधिकारकर्मीहरुले भने फास्ट ट्र्याकबाट लालपुर्जा वितरण गर्न मागपत्र सरकारका मन्त्री र राजनीति पार्टीका शिर्ष नेताहरूलाइ भेटी ध्यानाकर्षण गराउदै देसभरका ७० लाख सुकुम्वासीको हकाधिकार सुनिस्चित गर्न माग गराएका थिए ।
सुकुम्बासीहरुको अधिकार सुनिस्चित नगराए काठमाडौंमा लाखौं सुकुम्बासी उतार्ने मोर्चाले तयारी गर्दै गरेको समेत नेताहरूले बताउदै आएकाछ्न संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले यस अधि काठमाडौं उपत्यकामा भुमिहिन,सुकुम्बासी,अव्यवस्थित बसोबासीहरुको हकाधिकार सुनिश्चित गर्न भन्दै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई,पार्टीअध्यक्ष उपेन्द्र यादव , नेकपा क्रान्तिकारी माओवादी पार्टीका महासचिव मोहन वैद्य किरण सहरी मन्त्री रामकुमारी झाक्री साथै सस्कृती पर्यटन तथा नागरिक उढ्यन मन्त्रालय, मन्त्री प्रेम आलेलाइ चार बुदे माग सहितको ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।
