काठमाडौ । राष्टिय ख्रीष्टियन माहासङ्घका अध्यक्ष चरी बहादुर (सिबि) गहतराजले एपि मशिह पार्टिका अधक्ष्य भरत गिरिलाई गाउगाउबाट टिन ठट्याएर खेद्न ख्रीष्टियन समुदायलाई अपिल गरेकाछन ।
हाम्रो गुड न्युज टिभी नामक युट्युब च्यानलको फेस अप कार्यक्रममा प्रस्तोता सिमियोन रोक्का सङ्ग बोल्दै उहाले यस्तो अपिल गर्नुभएको हो । पछिल्लो समय युट्युब र फेसबुकमा निकै ब्यस्त देखिएका आमूल परिबर्तन मशिह पार्टिका अध्यक्ष भरत गिरिले नेपाली पाष्टरहरुलाई गाली गर्ने र भ्रष्टचार गरेर अकुत सम्पती कमाएको साथै गाउबाट चप्पल लगाएर आएको पाष्टरहरु कसरी रातारात गाडी चढ्ने भए भन्ने कुराको आफू सङ्ग लिस्ट रहेको समेत आरोप लगाएको थियो । आफ्नो पार्टिलाई भोट नदिने ख्रीष्टियनहरुलाई र संघ सस्थालाई चर्को आलोचना गर्ने र नया जीवन सम्म नपाएको भनेर बिरोध गर्ने गिरि पछिल्लो समय ख्रीष्टियन समुदायमा निकै चर्चित र आलोचित ब्यक्ती हुन ।
कार्यक्रम फेस अपमा बोल्दै गहतराजले भरत गिरिको नाम समेत लिन हिचकिचाएको थिए।उनले प्रश्नको जवाफ दिदै भने “ए त्यो गिरि धेरै गिरिहरुछन यदि त्यही गिरि हो भने जसले पब्लिक भ्वाईस पार्टि खोलेर मण्डली र पाष्टरहरुलाई आतङ्कित बनायो र चन्दा असुली गरेर मण्डलि त्रासित बनायो भन्दै भरत गिरिको आलोचना गरे ,अझ NCS र माहासङ्घकै मानिसलाई बोलाएर पाष्टर एल्डर अभिषेक गर्नु पर्यो भन्दै झुक्याएर हस्ताक्षर गराएर हस्ताक्षरको दुरुपयोग गरि पार्टि खोलेको बताए।भरत गिरिले चर्चहरुलाई आतङ्कित बनाईरहेको भन्दै कट्टर ख्रीष्टियन बिरोधी हिन्दु अभियन्ता भनिने अभिषेक जोसि र भरत गिरिमामा केही फरक नभएकोले अब फेरि पनि मण्डलि र पाष्टरको बिरुद्वमा बोले भरत गिरिलाई टोलटोलबाट टिन ठट्याएर खेद्ने र परिणाम नराम्रो हुने चेतावनी दिनु भएको छ ।
