काठमाडौं । काठमाडौंमा लाखौं सुकुम्बासी उतार्ने मोर्चाको तयारी । चुनाव अगाडि सुकुम्बासीलाई लालपुर्जा सहितको भुमी उपलब्ध नगराए ७० लाख सुकुम्बासीको ४० लाखले मत नदिने रणनीति अपनाउदै ।
राज्यको एउटा मन्त्रालय सुकुम्बासीलाई लालपुर्जा दिने भन्दै सूचना प्रकाशन गर्ने र अर्को मन्त्रालय विकल्प बिनै सुकुम्बासी उठिबासको सूचना टास्ने गरेको भन्दै राज्यले दोहोरो चरीत्र देखाइ सुकुम्बासी उठिबासमा राज्य लागेको भन्दै सनिश्चवार
काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटारमा रहेको सुकुम्बासी बस्ती बाट आन्दोलनको सुरुवात गर्दै बसोबासका आधारमा लालपुर्जा वितरण तथा बिना विकल्प उठीबास सदाको लागी बन्द गर्न गराउने उदेश्यले आन्दोलनको घोषणा गरेको सुकुम्बासी मोर्चाका नेताहरूले बताएका छ्न।
सुकुम्वासी, अव्यवस्थित बसोबासका अधिकारकर्मीहरुले भने फास्ट ट्र्याकबाट लालपुर्जा वितरण गर्न मागपत्र सरकारका मन्त्री र राजनीति पार्टीका शिर्ष नेताहरूलाइ यस अघिनै भेटी ध्यानाकर्षण गराउदै देसभरका ७० लाख सुकुम्वासीको हकाधिकार सुनिस्चित गर्न माग राखी ध्यानाकर्षण गराएकाहुन । सुकुम्बासी बस्ती बचाउ आन्दोलनको उद्घाटन, कार्यक्रम बाट नेताहरूले आफ्नो अधिकार सुनिस्चित नगराए काठमाडौंमा लाखौं सुकुम्बासी उतार्ने मोर्चाको तयारी गर्नुपर्ने र
चुनाव अगाडि सुकुम्बासीलाई लालपुर्जा सहितको भुमी उपलब्ध गराउने यदी चुनाव अगाडि भुमी सहितको लालपुर्जा आफुहरुले नपाए देशैभरका ७० लाख सुकुम्बासीको ४० मतदाताले मत नदिने रणनीति अपनाउदै गरेको समेत कार्यक्रका बक्ताहरु जिकिर गरेकाछ्न ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले यस अधि काठमाडौं उपत्यकामा भुमिहिन,सुकुम्बासी,अव्यवस्थित बसोबासीहरुको हकाधिकार सुनिश्चित गर्न भन्दै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई,पार्टीअध्यक्ष उपेन्द्र यादव , नेकपा क्रान्तिकारी माओवादी पार्टीका महासचिव मोहन वैद्य किरण सहरी मन्त्री रामकुमारी झाक्री साथै सस्कृती पर्यटन तथा नागरिक उढ्यन मन्त्रालय, मन्त्री प्रेम आलेलाइ चार बुदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएको थियो ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीको नेतृत्वको अध्यक्षतामा भएको कार्यक्रममा बसोबासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिबास सदाका लागि बन्द हुनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम अघि सारेको छ । कार्यक्रममा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका सस्थापक सल्लाहकार
हुकुम बहादुर लामा ,सह अध्यक्ष नारायण परिश्रेमि, वरिष्ठ उपाध्यक्षटीकाराम गुरुङ,राजकुमार पाण्डे,स्मिता आचार्य,रमेश तामाङ,दल मर्दन कामी, झवरलाल उराँव लगायतका अधिकार कर्मिहरुको सहभागिता रहेको थिए भने जसपा नेपालका युवा नेता दिपक कुवरले कार्यक्रम सन्चालन गरेकाथिए ।
