उमेस भुजेल- जेठ ३, दिक्तेल। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोरोना संक्रमणबाट संक्रमितको मृत्यु भएको अवस्थामा सदगद गर्ने स्थान तोकेको छ । संक्रमितका नगरपालिकाले बनाएको वा होम आइसोलेसन मृत्यु भएमा शवलाई दुधकोसी किनारको महादेवबेँसी र हलेसीको तिल्के चौंरलाई निर्धारण गरीएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समीतीले घाटमा लगेर जलाउने संस्कार भए दुधकोसी किनारको महादेव बेँसीमा लगेर जलाउनु पर्ने र जमिनमा गाड्ने संस्कार भए हलेसीको तिल्केचौंरमा सदगद गर्ने निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनु भयो ।
‘संक्रमणको समयमा सदगद सम्वन्धी समस्याआउन सक्ने भएकाले समितीले यस्तो निर्णय गरेको उहाँको भनाई छ । संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको अवस्थामा आफन्तको इच्छा अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सदगद गर्न अनुमतिदिने तर नगरपालिकाको आइसोलेसनमा संक्रमितको मृत्यु भएमा नेपाली सेनाको सहयोगमा शवलाई दुधकोसी किनारको महादेवबेँसी र हलेसीको तिल्के चौंरमा सदगद गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समीतीको यो निर्णयले त त्यहाका स्थानीयहरुले आलोचना पानित गरेको छन् नि भनेर हामीले हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईलाई सोधेका छौं । आवाज यस्तै नगरपालिकाले नगरपालिका भित्रहुने कुनैपनि सामाजिक कार्य औपचारिकतामा मात्र सिमित राख्न आग्रह गरेको छ । कोरोना भाइरस बढ्दो संक्रमणलाई मध्यनजर गर्दै नगरपालिकाले बाहिरी जमघटमा हुने नाचगान, भोजभतेर, विवाह, व्रतवन्ध, देवाली, साकेला चाड (उभौली) जस्ता कार्यहरुले थप संकट आउन सक्ने भएकाले घरभित्रै औपचारिकतामा सिमित राख्न आग्रह गरेको हो । भने नगरपालिका, वडा कार्यालय एबं सेवा केन्द्रबाट प्रवाह हुँदै आएको अत्यावश्यक बाहेकका सबै सेवा प्रवाह अर्को सूचनाजारी नभएसम्मका लागि बन्द गरेको छ ।
