दिक्तेल। खोटाङमा गोरु काटेर मासु बेच्दै गर्दा पक्राउ परेका तीनजना रिहाइ भएका छन्। आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङको पहलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय खगेन्द्र तामाङ र ४० वर्षीय गणेश तामाङ बुधबार रिहाई भएका हुन्।
पक्राउ परेका तीनैजनालाई बिना शर्त, बिना धरौटी रिहाई गरिएको आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष फुर्वा शेर्पाले बताए।
हिरासत बाहिर राखेर अनुसन्धान गर्नेगरी उनीहरु छुटेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए। उहाँहरुको मुद्दा नै सकिएको चाँहि हैन। सबै अनुसन्धान प्रक्रिया हुन्छ । प्रनाउ लम्सालले भने,‘उहाँहरुलाई हिरासतमा नराखेको मात्रै हो। अरु सबै कुरा प्रक्रियागत रुपमा जान्छ।’
गत आईतबार दिउँसो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित दिखुवाखोलाको शिरमा गोरु काटेर मासु बेच्दै गर्दा उनीहरुलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको थियो। साे पक्राउ परेका तिनजनाका लागि बिनाशर्त रिहाइको लागि आजै दिउँसाे जनजाति माहासंघ खाेटाङकाे तर्फबाट एक टाेलिले प्रशासन मार्फत एक ज्ञापनपत्र बुझाएका थिए । File photo
गाेरुकाटेकाे अभियाेगमा पक्राउ परेकाहरुलाई बिना सर्त रिहाइको मागगर्दै जिल्ला प्रशासनमा ज्ञपन पत्र
