काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ बाट तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने ४५ वर्षीय राम तिवारी लगायत ५ जनालाई आइतबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
शिवचोकस्थित कृति बहादुर ब्लोनको जाम्बोलिङ खाजा घरमा तास खेलाई रहेको गोप्य सुचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले खालबाट १६ हजार ५ रुपैयाँ नगद र ३ बुक तास बरामद गरिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
