काठमाडौं। काठमाडौं उपत्यकामा कायम रहेको निजी सवारी साधनको जोर/बिजोर प्रणाली हटाईएको छ ।
कोरोना संक्रमण दर घट्दै गएपछि काठमाडौं उपत्यकामा जोरबिजोर हटाईएको हो । त्यस्तै, विद्यालयहरु भने आगामी फागुन १ गतेबाट भौतिक उपस्थितिमै सञ्चालन गर्न दिने पनि हिजोको बैठकमा निर्णय भएको छ ।
