काठमाडौं । गठबन्धन सरकारले आज २०७९ जेठ ४ का लागि स्थानीय तह निर्वाचनको घोषणा गर्ने भएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको बताए ।
रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै मन्त्री कार्कीले भने, “आज मन्त्रिपरिषद्को बैठकबाट सम्भवतः जेठ ४ गतेका लागि नै स्थानीय तह निर्वाचनको मिति तय हुन्छ ।” reportersnepal.com
