Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियाहरु पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 2, 2022
377

काठमाडौ ।भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा. लि. बाट बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर  रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई नक्कली रिपोर्ट बनाउदै आएका ब्यक्तिहरु पक्राउ परेको छ ।

बिशेष सूचनाको आधारमा हिजो बिहान अन्दाजी १० :३० बजेको समयमा नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडबाट जारी भएका ८ थान नक्कली परीक्षण रिपोर्ट सहित एयरपोर्ट अगाडिबाट पक्राउ गरि जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं ३ कौशलटार स्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा पुग्दा उक्त हस्पिटलका ल्याब म्यानेजर प्रसन्न कुमार झालाई फेला पारी नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै, काठमाण्डौं तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा. लि. का कर्मचारी परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पिसीआर रिपोर्ट सहित सोही अस्पताल अगाडि फेला पारी उक्त अस्पतालको ल्याबमा पुग्दा सोही ल्याबका कर्मचारी माधव मैनालीलाई फेला पारी नियन्त्रणमा लिइएको प्रहरिले जनाएको छ ।

सम्बन्धित व्यक्तिहरुको स्वाब संकलन तथा परीक्षण नै नगरी कान्तिपुर अस्पताल प्रा. लि. बाट भनि उल्लेख भएका ४ थान नक्कली परीक्षण रिपोर्ट सहित जम्मा चार जना ब्यक्तिहरुलाई महाशाखा बाट खटि गएको प्रहरी टोलीले पक्राउ गरी राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट रिपोर्ट गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र दर्ता रजिष्टरहरु समेत नियन्त्रणमा लिईएको छ ।

भने,फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको । साथै दुबै अस्पतालका हरु सिल गरि सम्बन्धी सबै सेवा हाल लाई बन्द गरिएको र अन्य थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका केही तथ्यहरु :

माथि उल्लेखित अस्पतालका ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षण बिनै  पिसिआरको  नेगेटिभ रिपोर्ट दिने गरेको  तथा  उक्त ल्याबहरुमा कार्यरत भनिएका बिशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो Digital Signature प्रयोग गरि रिपोर्ट दिने गरेको पाइएको छ  ।

कतिपय पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरुको CT Value तलमाथि गरि नेगेटिभ रिपोर्ट दिने गरेको तथा पिसिआर रिपोर्टको मिति समेत तलमाथि गरी रिपोर्ट दिने गरेको भन्ने खुल्न आएको छ । ति अस्पतालहरुले केहि बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनि परिचयपत्र समेत बनाई दिई सामुहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको खुलेको छ ।

सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरुले आफैले आफ्नै स्वाव संकलन गरि बिभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको  ,बिचौलिया र ल्याबका कर्मचारी एवं व्यबस्थापनको मिलेमतोमा बिदेश जाने व्यक्तिहरुलाई पिसिआर रिपोर्ट बनाइदिने भनि प्रति व्यक्ति रु: १० हजार सम्म असुल गरेको भेटिएको  साथै  QR Code बाट Scan गरी हेर्ने मिल्ने गरी सक्कली जस्तै Report बनाउने गरेको पाईएको छ।

पक्राउ परेका तथा फरार रहेका ब्यक्तिहरु :

जिल्ला धनुषा बिदेह नगरपालिका ४ घर भई  ललितपुरको ग्वार्को बस्ने बर्ष २५ को रोसन कुमार छिट्टान ।
जिल्ला धनुषा छिरेश्वर न/पा  १ घर भई  काठमाडौ गौशाला बस्ने बर्ष २५ को नागेन्द्र यादव ।
जिल्ला काभ्रेपलान्चोक तेमाल गा/पा ५ घर भई   भक्तपुरको सुर्यबिनायक  ५ सल्लाघारी बस्ने बर्ष २९ को माधव मैनाली ।
जिल्ला सर्लाही बलरा न/पा  ७ घर भई  भक्तपुर कौशलटार बस्ने बर्ष २४ को नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा छन भने फरार रहेकाहरुमा   जिल्ला रौतहट राजदेवी न/पा ४ बसतपुर घर भई  भक्तपुर दुवाकोट बस्ने नागरिक कम्युनिटी अस्पतालको PCR Lab सञ्चालक अन्दाजी बर्ष ४० को भावेश मिश्र र काठमाण्डौं ३२ पेप्सीकोला बस्ने कान्तिपुर अस्पताल प्रा. लि. को PCR Lab सञ्चालकअन्दाजी बर्ष ४० को निर्मल गिरी रहेका छन ।

पक्राउ परेका ब्यक्तिहरु तथा दुबै हस्पिटलको ल्याबबाट  पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएको १ थान  Computer Monitor साथै १ थान Laptop र ३ थान CPU सहित  पिसिआर दर्ता रजिष्टरहरु, नक्कली पिसिआर रिपोर्टहरु बरामद गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved