Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गठबन्धनले चुनाव गर्ने भनेपनि सरकारले मिति नताेकदा सम्म चुनावहने विश्वास गर्न सकिन्न : एमाले नेता तामाङ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 30, 2022
87Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले सत्ता गठबन्धनले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने भनेर भनेपनि सरकारले निर्वाचनको मिति घोषणा नगरेसम्म विश्वास गरिहाल्ने अवस्था नभएको टिप्पणी गरेका छन् ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,“सत्तापक्षीय गठबन्धनले जेठभित्र निर्वाचन सम्पन्न गने भन्ने कुरा सुन्यौं, कानूनले के भन्छ भने दलीय गठबन्धनले गरेर निर्णय गरेर हुँदैन् । सरकारको मन्त्रिपरिषदले घोषणा गर्नुपर्छ । मन्त्रिपरिषदले निर्णय गरेको छैन् । त्यसैले अहिले नै हामी उत्साही हुने अवस्था छैन् । यो सरकार निर्वाचन नगर्नेतर्फ नै उद्धत छ । अहिले पनि कानून संशोधन गर्ने कुरा गठबन्धनले गरेको छ । संविधान र स्थानीय तह ऐनमा कहीँकतै द्धिविधिा छैन् ।”

सत्तापक्षीय गठबन्धनले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी ऐन बाझिएको भनेर गलत तर्क गरेको पनि उनको आरोप छ । उनले भने,“संविधानको धारा २२५ ले स्पष्ट पारेको छ । सरकार पक्षले गलत व्याख्या गरेको छ । बैशाखभित्रै निर्वाचन गर्नुपर्ने थियो । अहिले उहाँहरुले जेठमा गर्ने कुरा गर्नुभएको छ । अब जेठमा नगरेर असोजको कुरा गर्ने पनि खतरा होला । हामी भन्छौं कि बैशाखभित्रै निर्वाचन हुनुपर्छ । सरकारले मिति घोषणा गर्नुपर्छ । सरकारको नेतृत्व कांग्रेसले गरेको छ । गठबन्धनको नाममा कांग्रेसले निर्वाचन सार्ने काम नगरोस । बैशाखभित्रै निर्वाचन गर्नुपर्छ ।”

 

उनले निर्वाचनको तयारी गर्न कुनै बाधा नभएको भन्दै बैशाखमै निर्वाचन गराउन सकिने सुनाए ।उनले भने,“यो सरकारसँग प्रशस्त समय छ । समयको हिसाबले पनि कुनै प्रेसर छैन् । हामी त त्यसको माग गरिरहेका छौं । यो संविधानसँग कानून बाझियो भनेर बैशाखबाट जेठमा लैजाने भनेको पनि यो निर्वाचन सार्ने कुरा नै हो । निर्वाचन सारेर निर्वाचनमार्फत आफ्नो जनप्रतिनिधि चयन गर्ने जनताको अधिकार कुण्ठित गर्न मिल्दैन् । उहाँहरुले ऐन संशोधन गर्न खोजेको हो भने पार्लियामेन्टमा कसरी आउनुहुन्छ ? संविधानको धारा र स्थानीय तहको ऐन कुनैपनि हालतमा बाझिएको छैन् । बाझियो भन्ने कुरा नै निर्वाचन सार्ने कुरा हो ।”

सत्तापक्षीय गठबन्धन अझैपनि निर्वाचनको विषयमा शंकाको घेरामा रहेको उनको भनाई छ । उनले भने,“गठबन्धनको निर्णयले निर्वाचनको तिथि घोषणा हुँदैन् । त्यसैले क्याविनेटले मिति घोषणा गर्नुपर्छ । संसद् चल्न नदिएको होईन, अहिलेको गबठन्धनले नै सार्दै सार्दै आएको छ । सत्तापक्षीय र प्रतिपक्षीबीच वार्ता हुनुपर्छ । हामी सधैं यसको लागि तयार छौं ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved