Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महिला पत्रकारलाई अभद्र व्यवहार गर्ने पत्रकार शर्मा पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 30, 2022
249 shares
कृष्ण कुवर,धरान । माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टरको केन्द्रीय सदस्य तथा एक्सन खबर डटकमको रिपोर्टर समेत रहेका  कामत भनिने भरतराज शर्मा ५ दिन हिरासत बसी जिल्ला प्रहरी सुनसरीबाट तारिखमा छुटेका छन ।  महिला पत्रकारलाई अभ्रद व्यवहार गर्ने हुलाक कार्यालय धरानमा कार्यरत करारका कर्मचारी गोपाल कामत भनिने भरतराज शर्मा तारिखमा छुटेका छन् ।
कारोबार राष्ट्रिय दैनिक पत्रिकाको सुनसरी संवाददाता संजिता धमलाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफूलाई सार्वजनिक स्थलदेखि सामाजिक संजालमा गाली गलौज र अभद्र व्यवहार गरेको भनी पुष ६ गते अभद्र व्यवहारमा मुद्दा हालेकी थिइन् ।
सरकारी कर्मचारी भएपनि मिडिया क्षेत्रमा आबद्ध रहेका कामत सोही दिनदेखि प्रहरीको फरार सूचीमा रहेका थिए । उजुरी परेको ३२ दिनपछि माघ ८ गते शनिबार आत्मसमर्पण गरी प्रहरी कार्यालयमा उपस्थित भएका थिए । कामत आइतबार जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप भएको हो भने पाँच दिन हिरासतमा बसी उनी तारिखमा छुटेका हुन् ।
कामतले महिला पत्रकार धमलालाई लक्षित गरी सामाजिक संजालमा चरित्र हत्या हुने स्टाटस १५ वटा भन्दा बढी फेला परेको, सार्वजनिक स्थलमा गाली बेइज्ती गरी हैरानी पु¥याएको प्रमाण, धम्कीपूर्ण कल रेकर्ड फेला पर्नुका साथै र पेशामा हतोत्साहित पु¥याएको, पटक पटक प्रतिष्ठामा आँच आउने कार्य गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सुवास थापाले बताए ।
लुकिछिपी रहेका कामतले पत्रकार महासंघ सुनसरी र प्रदेशलाई पनि क्षमा याचना पत्र पठाएका थिए । पत्रकार महासंघ प्रदेश १ र सुनसरी पत्रकार महासंघको लविङलाई मानेर प्रहरीले कानुनी प्रक्रियामा केही सहज बनाई दिएको एक पत्रकारले बताए । पक्राउ परेका कामतलाई बचाउन केही पत्रकार, माओवादी केन्द्रका नेता, प्रहरी प्रशासन र सरकारी वकिल कार्यलयमा दौडधुप चलेको थियो ।
अग्रज पत्रकारहरुले मुद्या दर्ता भएको २५ दिन पछि दुबै पक्षलाई राखेर गोप्यरुपमा सामूहिक छलफल चलाएका थिए । कामतले पत्रकार धमलालाई आफू माफिको लायक नभएको तर, एक पटकलाई माफि दिन अनुरोध गर्दे क्षमा याचना पत्र बुझाउँदै लिखित माफी मागेका थिए । कामतले सामाजिक संजालमा पनि माफी मागेर हालेका थिए ।
धरानका एक पत्रकारले नाम नखुलाउने सर्तमा भने ‘गोपालले संजितालाई मात्र हैन् सबैलाई हैरानी बनाएको हो, संजिता महिला पनि भएकाले यो केस गम्भिर भएको हो । गोपालले सामाजिक संजालमा संजितासँग माफी मागेर हालेका देख्दा गोपाल सुध्रेछ भन्ने लागेको थियो होइन् रहेछ, जुन माफि मागेको स्टाटस अहिले डिलेट गरेको रहेछन् गोपाल कहिले नसुध्रिने रहेछ । गोपालको आचारणले गर्दा पत्रकारिता जगतकै बदनाम भएको छ ।’
पत्रकार धमलाका अनुसार आफू मिडिया क्षेत्रमा लागेपछि रेडियो तालिममा गोपाल कामतसँग चिनजान भएको बताइन् । धमलाले भनिन् ‘मानिसलाई आफ्नो ‘जीवन भन्दा प्रतिष्ठा ठुलो हुन्छ’ करिब दुई वर्षदेखि निजी जीवनमा प्रवेश गरि चरित्र हत्या गरेको, रिपोटिङमा जाँदा पछ्याउँदै जाने, धम्काउँने, आफूले पत्रकारिता पुरस्कार पाएको स्थानमा गएर जथाफाबी बोल्ने, पद, हैसियत, जातमा प्रश्न उठाउने, आफू हिँडेको बाटोमा अवरुद्ध गर्ने र हैरानी लगाएको थियो ।’
व्यवसायिक तथा पारिवारिक रुपमा तनाव भएको महशुस गरी आफूले कानुनी राज्यमा कानुनी प्रक्रियामा गएको बताइन् । कामतले फेसबुक स्टाटसमा विभिन्न पत्रकारलाई झुटो आरोप लगाउने र चरित्र हत्या गर्न कपोलकल्पित लाञ्छना लगाउँदै विगत ३ वर्षयता धेरैलाई चिढ्याउँदै आएका थिए । नेपाल पत्रकार महासंघमा कामतले पटक पटक गल्ती स्वीकार गर्ने र आइन्द त्यस्तो गल्ती नगर्ने बाचा गर्दै आएका थिए । संजितासँग यसअघि पनि महासंघमा माफी मागेका थिए । माफी माग्दै, चरित्र हत्या गर्ने कामतबाट थुप्रै व्यक्तिहरु पीडित बनेका थिए ।
हिरासतबाट निस्किएपछि कामतले उनको फेसबुकमा लेखेका छन्, ‘सहयोगको लागि सबैलाई एकमुस्ट धन्यवाद !! मौका मिले गुन तिर्ने बाचा पनि गरे !!’
मुलुकी अपराध संहिता २०७४ को दफा ११८ मा उल्लेख गरिएको छ ‘अभद्र व्यवहार गर्नु नहुने कसैले सावजनिक स्थान वा प्रवेश गर्नु कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्नु वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्नु वा त्यसको उद्योग गर्नु हुँदैन । उपदफा १ बमोजिमको कसूर गर्नु वा गराउने व्यक्तिलाई एक वर्ष सम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै जाय हुनेछ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved