Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आमाको निम्ती अक्सिजन अभावका कारण छटपटिएको त्यो रात

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 17, 2021
192 shares

अमिर रामदाम- कोभिड-१९ बाट थिलोथिलो भएको मेरो देश बिस्तारै निर्मूल हुँदै दैनिकी सहज हुने क्रममा थियो। तर गत वर्ष पुष ५ गते भएको राजनीतिक घटनाक्रमले मुलुकमा अन्तरसंघर्षको शुरूवात भयो । देशमा राजनीतिक संघर्ष चलिरहेको थियो, सरकार जोड घटाउमा व्यस्त थियो । तर कोरोनाको कहरले पूर्ण बिराम भने लिन सकेन ।

पहिलो वर्ष भन्दा अहिले व्यापक रूपमा संक्रमण फैलिरहेको छ। कोरोना भाइरसको दोस्रो भेरीयन्टका कारण सबै नेपालीहरु चिन्तित बनेका छन्। आम मानिसहरूको पहिला जस्तो अहिले दैनिकी सहज भने छैन्। दिनभरि काम गरेर साँझ एक छाक भएपनि मिठो नमिठो खानेलाई झन् बज्रपात परिरहेको छ । एक त भोक पेटको कारण समस्या भइरहेको छ भने अर्को संक्रमणका कारण उचित उपचार नपाउँदा समस्या उत्पन्न भइरहेको छ । अहिले दैनिकजसो तीन सय मानिसहरु कोरोनाको सिकार बनिरहेका छन् । मुलुकमा संक्रमण बढिरहेको थियो तर पनि राजनीति गर्ने माननीयज्यूहरुलाई सरकार परिवर्तन गर्ने कुराले रातको निन्द्रा र दिनको भोक हरण गरिरहेको थियो ।

बुटवलमा मेरो दाई निर्मल सुनार युथ क्लबहरुमा काम गर्नुहुन्थ्यो । फोनबाट मात्र भएपनी राम्रै कुराकानी हुन्थ्यो । वैशाख २६ गतेदेखि ठूली आमालाई रुघा, मर्की, ज्वरो र जिउ दुख्ने समस्याले व्याप्त बनाइरहेको खबर दाईले सुनाउनु भयो । वैशाख २८ गतेबाट श्वासप्रश्वासमा समेत समस्या भएपछी नेश्नलपाथ अस्पतालमा कोरोनाको परिक्षण गरियो । वैशाख ३० गते मात्र कोरोना संक्रमण भएको पोजेटिभ रिपोर्ट दियो । ठूली आमाको अवस्था निकै दर्दनाक भैसकेको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा आमालाइ भर्ना गरियो । श्वासप्रश्वासमा पनि समस्या भएकाले अक्सिजन आवश्यक परिरहेको थियो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मात्र नभई मुलुकभर सबै अस्पतालहरुमा अक्सिजनको अभाव उस्तै थियो ।

4k Crime Morgue Mortician Covers Dead Body Stock Video - Download Video Clip Now - iStock

अक्सिजनका लागि निर्मल दाईले सोही दिनको रातभरिमा पाँचवटा भन्दा बढी हस्पिटलहरूमा भौतारिनुभयो । मिनी हस्पिटल, सिटी हस्पिटल, गौतम बुद्ध हस्पिटल, हस्पिटल पार्ली, सिद्धबाबा हस्पिटल आदि सबै अस्पतालमा सोधीखोजी गर्दा पनि अक्सिजन पाइएन । चितवन लैजान खोज्दा पनि एम्बुलेन्समा अक्सिजन थिएन ।

रातभरी बिरामी आमालाई टाढैबाट एकोहोरिएर हेर्नुबाहेक एउटा जवान छोराले केही गर्न सकेन । ३१ गते ठूलीआमाले प्राण त्याग्नुभयो । छोराले दिन रात नभनिकन भौँतारिँदा पनि आमालाई बचाउन सकेन । तर मृत्यु भैसकेपछी पनि दागवती दिन पाएन, छुन पाएन, आमालाई अन्तिम सासमा नजिकबाट समेत हेर्न पाएन ।

सरकार राजनीतिक खेलहरु मस्त छ तर नेपाली जनताहरू अस्पतालका शैयाहरूमा छटपटिएर बसिरहेका छन्। अक्सिजन अभावका कारण मर्नुपरेको छ । त्यसैले कोरोनालाई कसैले पनि खेलाँची नगर्नुहोला। सुरक्षित रहनुहोला र घरमै बस्नुहोला।

पत्रकार सुस्मिता सुनारले दिनुभएको विवरणमा आधारित ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved