Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सर्वोच्चका न्यायाधीशकै चलखेलमा भक्तपुरको १९ रोपनी १० आना जग्गा ब्यक्तिको नाममा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 29, 2022
58

भक्तपुर।  सर्वोच्चका न्यायाधीशकै चलखेलमा भक्तपुरको १९ रोपनी १० आना जग्गा ब्यक्तिको नाममा गएको खुल्न आएको छ ।भक्तपुर दुवाकोट स्थित सरस्वती खेल बस पार्क सँगैको जग्गा ब्यक्तिले आफ्नो नाममा गरि अन्यलाई समेत विक्री गरि सकेको खुल्न आएको हो । महंगो जग्गा आफ्नो नाममा ल्याएर विभिन्न कित्ता काट गरि ब्यक्तिको नाममा लगी सकिएको उक्त जग्गामा हाल सम्म पनि खानेपानीको कार्यालय रहेको छ ।

केहि समुहले उक्त जग्गा आफूले सम्याउन सक्छौं भनी खानेपानी कार्यालयलाई भवन बापत मुखाब्जा समेत दिन गएको थिए । उक्त समयमा स्थानीयको विरोध र आन्दोलन पछि जग्गा सम्याउन र प्लटिङ गर्न नसकेको उक्त जग्गा २०७० साल बैषाख ३१ गते दर्ता गरि ब्यक्तिको नाममा ल्याएको खुल्न आएको छ ।

ब्यक्तिको नाममा आएपछि उक्त जग्गा सम्याउन र विक्री गर्न एक समुह लागी परेको थियो । सार्वजनिक जग्गा एवं उक्त स्थानका विभिन्न गुठीयारको विभिन्न क्रियाकलाप गर्ने उक्त जग्गामा एक्कासी डोजर लगाउन आउँदा स्थानीयले विरोध गरेका थिए । तात्कालिन प्रधानमन्त्रीको कार्यालयबाट समेत धक्की दिदै उक्त स्थानमा जग्गा कब्जा जमाउन खोजिएको थियो । तर उनीहरु उक्त समय विफल भएका थिए । तथापी जग्गा भने हाल सम्म पनि सरकारले आफ्नो नाममा ल्याउन भन्दा पनि सवोच्चकै न्यायाधीसको नै मिलेमत्तोमा उक्त जग्गा ब्यक्तिको नाममा ल्याउन अख्तियारको पनि ठुलो हात रहेको छ ।

भक्तपुरको दुवाकोटस्थित १९ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७० को ३१ वैशाखमा त्यो जग्गा सार्वजनिक रूपमा दर्ता गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको मुद्दामा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रसहित न्यायाधीशहरू शारदाकुमार घिमिरे र अनिलकुमार सिन्हाको इजलासले ८ भदौ ०७४ मा मीनकुमार अर्याललगायतको पक्षमा फैसला गरेको थियो । सो जग्गा दर्ता गर्न छुटेको भन्दै उनले पुनः दर्ताका लागि निवेदन दिएर आफ्नो नाममा ल्याएका हुन् । जब कि त्यो जग्गामा हाल सम्म पनि खानेपानीको कार्यालय छ । र स्थानीयले उक्त जग्गामा आफ्नो परम्परागत पाठ पुजा गर्दै आएका छन् । विभिन्न गुठीको भोज खाने तथा जात्रा गर्ने उक्त जग्गा केहि स्थानीय र भुमाफियाको चलखेलमा नै ब्यक्तिको नाममा गएको स्थानीय बताउँछन् ।

हाल नेकपाकामा रहेको केहि नेता कार्यकताले नै उक्त जग्गा चलखेल गरि आफ्नो पोल्टामा पारेको स्थानीय बताउँछन् ।
उपत्यकाका खोला किनारका सयौँ रोपनी जग्गा सर्वोच्च अदालतकै फैसलाअनुसार व्यक्तिको नाममा गइसकेका छन्  ।
यस्तै भक्तपुर र काठमाडौंको सिमानामा पर्ने मनोहरा खोला नै गायव हुने गरि खोला नै दर्ता गरि आफ्नो नाममा ल्याएको पनि खुल्न आएको छ । पचासौं रोपनी जग्गा खोला भक्तपुर बाट काठमाडौं तर्फ ब्यक्तिको जग्गामा जाँदा खोलाले उकास गरेको जग्गा विभिन्न चलखेल गर्दै आफ्नो नाममा दर्ता गरिएको खुल्न आएको हो । उक्त स्थानमा अव अस्तित्वमा खोला छ तर पुर्जामा भने खोला नै गायव बनाईएको छ ।

मनोहरा तथा हनुमन्ते खोलामा यस्तो कुरा सामान्य नै हुन् । माथी देखि बग्दै आएका उक्त खोलाहरु विचमा गायव अनी पुन तलबाट नक्सामा बगेको देख्न सकिन्छ । उपत्यकामा खोला चौडा भएका स्थानमा नदि उकास एवं हाउजिङका नाममा विभिन्न चलखेल गर्दै खोला दर्ता गर्ने, राजकुलो नै गायव बनाउने तथा पुराना कुलो बाटो एवं भुलांङ, चौतारा हरु नै गायव गराउनु सामान्य भई सकेको छ।

यस्तै दुवाकोट केएम्सी नजिक रहेको चौतारा सँगैको ८ आना जग्गा प्लानिङ गर्नेले मिचेर दर्ता गरि गाएव बनाएको स्थानीय बताउँछन् ।
२ चार आना गायव बनाउन भूमाफियाको लागि दायाँ हातको खेल नै भएको छ । यहाँ त खोला नै गायव गराउने तत्व नै लागी परेको छ । जसमा सर्वोच्चका न्यायाधीसले पनि साथ दिँदा उपत्यकामा सार्वजनिक जग्गा भनेको बाँकी नरहने अवस्था आएको छ ।

दुवाकोटमा मात्र सयौं रोपनी सार्वजनिक जग्गा ब्यक्तिको नाममा गएको छ । ७ रोपनी जग्गा भएकाहरुले सार्वजनिक जग्गा मिच्दै दर्ता गर्दै ५७ रोपनी बनाउने हाल नेकपाका तर्फबाट जनप्रतिनिधि समेत रहेको खुल्न आएको छ । भने सयौं रोपनी सार्वजनि जग्गा हाल पनि दर्ता गर्न विभिन्न नक्कली कागज खडा गर्दै मालपोत र नापी तथा भुमिसुधारमा चलखेल गर्दै दर्ताका लागि अगाडी बढेको सम्म खुल्न आएको छ ।file photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved