Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भीम रावलको झटारोः “राष्ट्रपतिलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न मन लागेको हो ?”

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 29, 2022
[webverse_shares]

काठमाडौं। नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न मन लागे जस्तो देखिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “हाम्रो संविधानले राष्ट्रपति वा प्रधानमन्त्री कसैलाई पनि कानुनभन्दा माथि राखेको छैन । राष्ट्रपति र प्रधानमन्त्रीबीच राजनीतिक विषयमा छलफल हुन सक्छ । तर राष्ट्रपतिलाई कार्यकारी अधिकार छैन । न निर्वाचन आयोगले वक्तव्यबाजी गर्न मिल्छ, न त राष्ट्रपतिले पत्र पठाउन मिल्छ । यहाँ त सबैलाई (स्थानीय तहको) उम्मेदवार बन्न मन लागेजस्तो देखियो ।”

एमाले नेता डा. रावलले स्थानीय तहको निर्वाचन समयमै नगरे आन्दोलन गर्ने वा नगर्ने पार्टीको निर्णयमा भर पर्ने बताए । उनले भने, “जसले भने पनि स्थानीय तह निर्वाचनका लागि संविधान र ऐन कानुन बाझिएको छैन । संविधानले गाउँ सभा र नगरसभा गठनमा ६ महिनाभन्दा बढी ढिला नहोस् भनेको मात्र हो । राजनीतिक नेताहरु त्यो बेला हामीले गरेका छलफलको बेवास्ता गर्नुभयो कि बिर्सिनुभयो ?”
उनले एमालेको संसद् अवरोधको कुनै औचित्य नभएको पनि औंल्याए । उनले थपे, “संसद् अवरोध गर्ने हो भने सरकारका कामकारबाही रोकिनुपथ्र्यो । कि त शतप्रतिशत अवरोध हुनुुपथ्र्यो, कि सांसद जनताको मुद्दा उठाउन दिनुपर्थ्यो ।”
डा. रावलले एमसीसी जस्ताको तस्तै पारित गर्यो भने मुलुक पराधीन हुने ठोकुवा पनि गरे । उनले भने, “नेपालको अस्थिरता, गरिबी, संस्कार हेर्दा कतै यो मुलुकलाई असफल राष्ट्र बनाउन कसैले साँचो घुमाइरहेको त छैन ? कुनै देशमा न्यायालय यस्तो हुन्छ ? यहाँका विभिन्न पात्रहरु विदेशीको गोटी बनिरहेका छन् ।”

हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा आफूमाथि अन्तर्घात गरेको आरोप लगाउनु मूढ बुद्धिको उपज भएको उनले दाबी गरे । डा. रावलले भने, “सुदूरपश्चिम प्रदेशमा एमालेले जित्ने कुनै अवस्था थिएन । यस्तो अवस्थामा मैले अन्तर्घात गरेर हरायो कसैले भन्छ भने त्यो भनेर हराएँ भने त्यो मूढ व्यक्तिको सोच हो । यसले एमाले भूमिका कमजोर बनाउँछ ।”

उनले पार्टी छाड्ने, अर्को पार्टीमा जाने वा नयाँ दल खोल्ने कुरा नसोचेको पनि बताए । उनले थपे, “म नेकपा एमालेको सदस्य हुँ र प्रतिनिधिसभाको सदस्य छु । एमालेभन्दा अरु पार्टी जाने सोचेको पनि छैन । केही व्यक्तिलाई छिटो गैदिए खिचडीमा स्वादमा आउँछ भन्ने होला । त्यसमा मेरो केही भन्नु छैन ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved