Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मेलम्चीमा सिनो हाइड्रोलाई सेटिङमा ठेक्का

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 27, 2022
29

कठमाण्डौ । मेलम्ची खानेपानी आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई सम्झौता अवधि थप गरेर योजनावद्ध तरिकाले सिधै ठेक्का दिइएको छ । मन्त्रिपरिषदबाट निर्णय गराएर काम गर्न स्वीकृती प्रदान गरेर ठेक्काको मूल्य समायोजन गर्दै काम दिइएको हो ।

ठेक्काको मूल्य समायोजनबाट सिनो हाइड्रोले झण्डै ३२ करोड रुपैयाँ पाउने भएको छ । मन्त्रिपरिषदले ठेक्काको मूल्य समायोजनको स्वीकृती पाएपछि यसरी ठेक्का निरन्तरता भन्दै दिएको हो ।

मन्त्रिपरिषद बैठकबाट विशेष परिस्थिति भन्दै मेलम्चीको ठेक्काको अवधि र मूल्य थप्न स्वीकृती दिएको थियो । पुनः ठेक्का ननिकाली अलमल गर्दै सिनोलाई नै निरन्तरता दिन यसरी योजनावद्ध तरिकाले काम भएको हो । यसमा खानेपानी मन्त्री उमाकान्त चौधरीको स्वार्थ देखिएको छ ।

हेडवक्र्सको काम गर्ने भन्दै अहिले गरिएको भेरिएसनमा ३२ करोड उल्लेख भएपनि त्यो बढाउँदै लाने तयारी समेत भएको छ । यसमा करोडौंको चलखेल भएको छ । सिनो हाइड्रोले नै काम पाउने गरी पहिल्यै सेटिङ भइसकेको थियो । तर, पुनः ठेक्का प्रक्रियामा जाँदा कम दररेटमा कम्पनी जानुपर्ने र कमिशनको रेट पनि घट्ने भएबाट योजनावद्ध तरिकाले पुनः निर्माणको साटो कामलाई निरन्तरता दिने भन्दै चलखेल भएको पाइएको छ ।

मेलम्चीको ढुंगा गिट्टी र माटो जस्ता वस्तु निकाल्न ८० करोड खर्च गर्ने गरी योजना पहिल्यै बनाइएको छ । चरणवद्ध रुपमा भेरिएसन गर्दै यो रकम सिने हाइड्रोको ठेक्काका लागि योजना बनाइएको खुलिसकेको छ । अहिले ३२ करोडको भेरिएसन भएपनि भविष्यमा बढाउँदै लाने गरी तयारी भएको छ ।

मन्त्रिपरिषदबाट निर्णय गराएर स्वीकृती गर्दा अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा नलाग्ने भएकाले बठ्याई गरिएको छ ।

अर्थ मन्त्रालयले दुई महिना अघि नै रकम स्वीकृत गरेपनि ठेक्का निकाल्ने विकल्पहरुलाई बेवास्ता गरिएको थियो । विकल्पमा फाष्ट ट्रयाकमा ठेक्का निकाल्न सकिन्थ्यो । तर, ठेक्का सिधै दिन अलमल गरेर सिने हाइड्रोलाई निरन्तरता दिइएको छ ।

मेलम्चीको पानी अस्थायी रुपमा यसै वर्ष ल्याउने लोकप्रीय प्रधानमन्त्री शेरबहादुर देउवाले ७ माघमा देशवासीका नाममा सम्बोधन गर्दा दिइसकेका छन् । मेलम्चीको बाँधमा १५ मिटरसम्मको संरचना पुरिएको बताइएको छ । २ अर्बको क्षति पुनः निर्माण गर्न कम्तिमा ३ वर्ष लाग्ने अनुमान छ । अस्थायी रुपमा निर्माण गरेर पानी ल्याउने तयारी अन्तर्गत डेढ अर्बको बजेट स्वीकृत गरी काम गर्न खोजिएको हो । यसका लागि भेरिएसन गर्दै लम्ब्याउने योजना समेत बनाइएको खुलेको छ । reportersnepal.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved