Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सि के राउतको पार्टीमा अशिमित उग्रता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 27, 2022
174

जनकपुर । जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साह बर्दिबास जाँदै थिए। जनकपुरधामको पिडारी चोक पुग्दा फट्टा बोकेका हुलले उनी सवार प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडी तोडफोड गर्‍यो। डा सतिशको अनुहारमा गम्भीर चोट लाग्यो।

प्रहरीले डा साहलाई उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍यायो। उनको अनुहारमा गहिरो चोट लागेर आठ वटा टाँका लगाइएको छ। राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न आइरहेका प्रदेस सभा सदस्य अशोक यादव जानकी मन्दिर नजिक पुग्दा एक हुल फट्टाधारी उनी चढेको गाडीमाथि आक्रमण गर्‍यो। आक्रमणबाट गाडीको सिसा फुट्यो। डा सतिशको दायाँ हात नै भाँचिएको छ।

राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन आएका सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं सवार गाडी जनकपुरधाम–४ मा पुग्दा एक समूहले अन्धाधुन्ध आक्रमण गर्‍यो। आक्रमणबाट गाडीको सिसा चकनाचुर भयो। मेयर गणेश प्रसाईंको कन्चटमा चोट लाग्यो। गाडीमा सवार उपमेयर रेनुका पौडेल जोगिइन्।

जनकपुरधाममा राष्ट्रिय सभा निर्वाचन बिथोल्न सिके राउत नेतृत्वको जनमत पार्टीको उग्रताको सिकार प्रदेश सभा सदस्य, मेयरसहित डाक्टर पनि सिकार बन्न पुगे। प्रदर्शनकारीले निर्वाचनमा मतदान गर्न आउने जनप्रतिनिधिलाई लक्ष्य गरी अन्धाधुन्ध आक्रमण गरे। जसको परिणाम सातवटा सरकारी नम्बर प्लेटको गाडीमा तोडफोड भयो। सरकारी गाडीलाई सिकेका कार्यकर्ताले तारो बनाउँदा जलेश्वर अस्पतालको गाडीसमेत सिकार बन्न पुग्यो।

प्रदेशसभा सदस्य मनीष सुमन, नेत्रविक्रम साह चढेको गाडी, लहान नगरपालिकाका मेयर मुनि साह चढेको गाडी समेत सिके राउतको सिकार बन्न पुग्यो। यसअघि जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो। राष्ट्रियसभाको मधेस प्रदेशको मतदानस्थलनजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भयो।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानतर्फ जनमत पार्टीका कार्यकर्ताहरू बाँसका भाटा लिएर जान खोज्दा झडप भएको थियो। प्रहरीले सातजना जनमत कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved