भोजपुर । युवा संघ नेपाल भोजपुरले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुर मार्फत ४ बुधे माग सहित ध्यानआकर्षण पत्र बुझाएको हो । ध्यानआकर्षण पत्रमा केहि समय अघि भौतिक पूर्वधार तथा यातायात मन्त्री एवं जसपा नेता रेनुकुमारी यादवले सम्बोधन गर्ने क्रममा ज्यानमार्ने धम्की दिएकोमा विरोध गरेको छ ।
मन्त्री यादवलाई तत्काल मन्त्री पदबाट बरखास्त गर्न नेपाल सरकार संग माग गरिएको जिल्ला संयोजक विमल रणपहेलिले बताए ।यसैगरि सरकारसंग कोभिड १९ कोरोना महामाहामारिमा औषधि र उपचारको व्यावस्थाको माग गरेको छ । दार्चुलाको सदरमुकाम खलङगाको पारिपट्टी महाकाली नदिको वहाबनै परिवर्तन हुनेगरी एकपक्षीय तवरले भारतले बाँध निर्माण गरिरहेकोमा संघले विरोध गरेको छ ।
संघले तत्काल स्थानिय तहको निर्वाचनको मिति घोषणा गर्न सरकार संग माग गर्दै ध्यानआकर्षण पत्र बुझाइएको । ध्यानआकर्षण पत्र युवा संघ भोजपुर इन्चार्ज ज्ञानेन्द्र राई जिल्ला संयोजक विमल रणपहेलि लगायतले प्रमुख जिल्ला अधिकारी वासु प्रसाद कोईरालालाई ध्यानआकर्षण पत्र बुझाएका थिए ।
