२०६४ साल यताको इसाई राजनितिक ईतिहास हेर्ने हो भने AP मसिह पार्टी दर्ता सम्म आउदा ८ वटा पर्टी निर्वाचन आयोगमा दर्ता भएकाे रेकर्ड छ। र यो नयाँ पर्टी दर्ताको क्रम भने अझै पुर्णबिराम लागेको छैन । यसैको अर्को संकेत हो राष्ट्रीय ख्रीष्टीयन महासंघका अध्यक्ष गहतराजले नायँ पार्टी खोल्ने प्रकृया।
भखरै मात्रै राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि बी गहतराजले नयाँ पार्टी खोल्ने पत्रकार सम्मेलन मार्फत बाताए । एक दर्जनभन्दा बढी इसाई समुदायबाट पार्टीहरु छन् । कति सक्रिय छन् त कति निष्क्रिय रूपमा छन् । एकता एकता भन्दाभन्दै ए – कता भनेजस्तै फेरी अर्को नयाँ दल खोल्ने होडबाजी इसाई समुदाय भित्र चलिराखेको छ।
लामो समयदेखि सरकारले अल्पसंख्यक इसाई समुदायको हक हित सुनिश्चित नगरेको उल्टै इसाई समुदायलाई दुःख दिने, झुटो आरोप लगाएर मुद्दा चलाउने प्रविधि भएका कारण नयाँ दल दर्ता गरेर सरकारसँग टेबुलटक गर्ने कुरा सिबी गहतराजले बताएकाे छ, लगभग २०६२/६३ को जनआन्दोलनपछि उपलब्ध भएको ईसाइ धर्म समुदायकाको खीष्टमस सार्वजनिक बिदा समेत सरकारले कटौती गर्यो । अरु धर्म समुदायका मानिसहरूको १५/१५ दिनको बिदा हुन्छ तर इसाईहरु लगायतका अल्पसंख्यक समुदायको वर्षमा एक दिन पनि सार्वजनिक विदा नदिनुले इसाईहरुको नयाँनयाँ दलहरुको दर्ता गर्नुपरेको बताए।
हरेक कुरा नेपालमा राजनीतिक तवरबाट मात्रै सम्भव देखेपछि एक समयमा राजनीति गर्नुहुँदैन भन्ने इसाई समुदायका अग्रज पास्टर हरु विभिन्न संघसंस्थाका अध्यक्षहरु अहिले आफै राजनीतिक दल दर्ता गर्ने होडबाजी चलिराखेको छ।न पुग्दो जाउलो, झन उखरमाउलो भने झैँ, गहतराजले नयाँ पार्टीखोलिरहँदा समुदायका मानिसहरुले भने कुनै नयाँ आशा राखेको देखिँदैन।
एकनाथ ढकालका,दोकमणि ढकाल लगायतलाई भोटदिएर समुदायले कनै उपलभ्दि नभएको जगजाहेर हँदाहुँदै र गहतराजले अध्यक्षता गरिरहेको महासंघले पनि यतिका बर्षहरुमा समुदायका लागि माखो नमारेको कारण गहतराज द्वारा खोलिने पार्टीले पनि समुदायमा इसाईहरुकै भोटको बार्गेनिङ मात्र हुने आँकलन छ। समदायको जमात देखाएर आफू राज्यको पउच पएपछि समुदायलाई बेवास्थागर्ने परिपाटिनै राजनितिमा भएको हुँदा गहतराजकाे अध्यक्षतामा खोलिने नयाँ पार्टिपनि “जुन जोगि आएपनि कानै चिरेको ” उखान सिद्धहुनेमा दुइमत छैन।
समुदायमा खोलिएका पार्टिहरुको एकताको प्रयासहरु पनि नभएको भने थिएन, केही महिना अघि जनजागरण पार्टि र AP मसिह पार्टिबिच एकिकरणको दमाहा बजाइएकै थियो तर पद,पाव र कूुर्सिकै भागबण्डा नमिल्दा पार्टिएकिकरण हुन सकेकाे थिएन। अन्तत फलस्वरुप दुबै पार्टिका तर्फबाट विभिन्न जिम्मेवारी सम्हालिरहेको नेताहरुले रातारात राजिनामा समेत दिएका थिए।
उता हराभरा सहर, बनाउने हाम्रो रहर भन्ने सपनासहितको सुन्दर नेपाल सरसफाइ अभियायन चलाइरहेको अभियायनका संयोजक समेत रहेका बिरबहादुर तामाङ जनजागरण पार्टिमा केन्द्रीय कोषाध्यक्षको जिम्मेवारिबाट रातारात राजिनामा दिएर सरसफाइ अभियायनमा लाग्ने बताउदै आएका थिए, तर त्यो सत्य सावित हुन सकेन,, भित्रिरुपमा रहेर नया पार्टी खोल्न विभिन्न जिल्ला र प्रदेशहरुमा संगठनबिस्तारमा रहेको उनी पनि उक्त गहतराजले खोल्ने पार्टिमा सहभागी हुने मनसाय राखेको देखिन्छ भने AP मसिह पार्टिबाट आएकाहरु पनि गहतराजको पछि लागेको देखिन्छ।
जसले जे गरोस या जसले जुन पार्टि खोलोस तर, सच्चा ईसाइ हरुभने कदापि कसैको पछि लाग्ने छैन , तर यसो भनिरहँदा हरेक चर्चभित्र राजनिति घुसाउन भने यी अगुवानेताहरु माहिर छन्। बिगदको निर्वाचनहरुमा समुदायकै भोटलाई मुख्य भोटबैक बनाएर चुनिएका नेताहरुको ब्यबहारले समुदायलाई सिकाएको पाठले गर्दा आगामि चुनावमा समुदायका पार्टि र तिनका नेतालाई भोट दँदा उपलभ्दि भने नपाईनेमा पक्का हुन जरुरि छ।
