Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

घोराही कारागारबाट फरार कैदी नाइके यमराज ३२ दिनपछि पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 24, 2022
57 shares

जगत ठाडा मगर, दाङ।

दाङको घोराही कारागारबाट एक महिनाअघि भागेका कैदी यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ । कारागार नाइके समेत रहेका २९ बर्षीय परियारलाई भागेको ३२ दिनपछि प्रहरीले नेपाल–भारत सिमावर्ती क्षेत्र बाँकेको जमुनहा नाकाबाट पक्राउ गरेको हो । पक्राउ परेका कैदीलाई परियारलाई जिल्ला प्रहरी कार्यालय दाङले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ ।

No description available.जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले परियारलाई नेपाल–भारतको सिमा क्षेत्र बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका–१५ स्थीत जमुनहा नाकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् ।

उनका अनुसार प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखामार्फत भारतीय प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो । ‘कारागारका कैदी उपचारको बहना बनाएर भागेपछि जिल्ला प्रहरी कार्यालयले डिएसपीको कमाण्डमा खोजी तथा अनुसन्धानको कार्य भैरहेको थियो’,प्रहरी उपरीक्षक काफ्लेले भने,‘त्यसैक्रममा प्रहरीले सोमवार नेपालगंजको जमुनहा नाकाबाट हिडडुल गरिरहेको अवस्थामा परियारलाई पक्राउ गरेको हो ।’

कारागारमा कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका परियार पुसको ८ गते छालाको उपचार गर्न भनी प्रहरी जवान धनबहादुर चौधरीले लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर अस्पताल हिडेका थिए । तर उनीहरू अस्पताल नगएर घोराहीमा रहेको थकाली भान्सा घर एण्ड लजमा पुगेका थिए । लजमा यौन क्रियाकलापमा संलग्न रहेको बेला प्रहरी जवानलाई कोठामा थुनेर उनी भागेका थिए ।

प्रहरी र कैदीले थकाली होटलमा दुईजना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको थियो । कैदी परियारले प्रहरी जवानलाई आफ्नो प्रेमिकासहित होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । कारागारका नाईकेसमेत रहेका परियार भागेपछि अनुसन्धानको लागि कारागारका जेलर युवराज परियारसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्य धनबहादुर चौधरी अनुसन्धानका क्रममा कारागारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved