शनिवार बेलुका अभिषेक र उनकी श्रीमती पसुना तामाङ तीन महिने छोरासँग आगो तापेर सुतेका थिए । प्रहरीको अनुसार आज बिहान अबेर सम्म पनि नउठेकोले स्थानीयले र प्रहरीले झ्यालबाट हेर्दा अचेत अवस्थामा फेला पारेका हुन् ।
तत्काल उपचारको लागि मध्यपुर अस्पताल लगिएको उपचारकै क्रममा आज बिहान तीन महिने बालकको मृत्यु भएको हो । त्यस्तै, बालकको आमा र बुवाको पनि अवस्था गम्भीर रहेको छ।