Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विद्युत् सञ्चालनको सम्झौता रद्द गर्ने सहमति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 23, 2022
[webverse_shares]

बाजुरा – सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको त्रिवेणी साना जलविद्युत् केन्द्र नेपाल विद्युत् प्राधिकरणले फिर्ता लिने भएको छ ।

प्राधिकरण र त्रिवेणी सहकारी संस्थाबीचको २० वर्षका लागि भएको सम्झौता खारेज गरेर आफ्नै स्वामित्वमा सञ्चालन गर्ने गरी सहमति भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराले जनाएको छ ।

सदरमुकाममा विद्युत् आपूर्ति नहुँदा पटकपटक सेवाग्राहीले आन्दोलन गर्ने, धर्ना गर्नेजस्ता कार्य हुँदै आएकाले उक्त विद्युत्मा राष्ट्रिय प्रसारण लाइन जडान गर्ने गरी तीन महिनाभित्र सम्झौता रद्द गर्ने सहमति भएको वितरण केन्द्रका प्रमुख ललितकुमार मण्डलले बताए ।

प्राधिकरणले तीन महिनाभित्र त्रिवेणी बचत तथा ऋण सहकारी संस्थासँगको सम्झौता खारेज गरेर पुनः आफ्नै स्वामित्वमा लिने पत्र जिल्ला वितरण कार्यालयलाई पठाएको मण्डलले जानकारी दिए । साना जलविद्युत् केन्द्र निर्माण भएर सेवा सञ्चालन गर्दा ७४५ ग्राहकलाई सेवा दिने सर्तसहित मार्तडी साना जलविद्युत् केन्द्र सञ्चालनको जिम्मा त्रिवेणी सहकारीले लिएको थियो ।

विसं २०६६ मा सञ्चालनको स्वामित्व लिएको सहकारीसँग हाल दुई हजार १०० बढी विद्युत् सेवा लिने ग्राहक रहेका छन् । दैनिक ८०० किलोवाट क्षमताभन्दा बढीको विद्युत् खपत हुने भए पनि सहकारीले २०० किलोवाट क्षमता मात्र वितरण गरिरहेको छ । त्यसका कारण दैनिक पाँचदेखि १० घण्टा विद्युत् अवरुद्ध हुने समस्याबाट सेवाग्राही हैरानी बनेका छन् ।

मागअनुसारको विद्युत् पूर्ति गर्न त्रिवेणीले नसक्ने भएपछि फिर्ता गर्न सहकारी पनि तयार देखिएको छ । प्राधिकरणले तीन महिनाभित्र विद्युत् सम्झौता रद्द गरी आफ्नै स्वामित्वमा सञ्चालन गर्ने प्रक्रिया नै सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved