Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली काँग्रेस संविधान बमोजिम स्थानीय निर्वाचन पहिले गर्ने पक्षमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 23, 2022
[webverse_shares]

काठमाडौं । नेपाली काँग्रेस संविधान बमोजिम स्थानीय निर्वाचन पहिले गर्ने पक्षमा उभिएको छ । प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय चुनाव पहिले गर्नुपर्नेमा गठबन्धन बैठकमा जोड दिएका छन् । तर, गठबन्धनका घटकहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी पहिले प्रतिनिधि सभाको चुनावको पक्षमा उभिएका छन् । यसले गठबन्धनभित्र मतभेद देखिएको छ ।

देउवासँग नजिक भएका काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान बमोजिम समयमै स्थानीय चुनाव हुनुपर्ने बताएका छन् । सिंहले आज यस्तो अभिव्यक्ति दिनुलाई अर्थपूर्ण मानिएको छ ।

चुनावको विषयमा गठबन्धनभित्र मतभेद बढ्दै जानुमा विभिन्न मुद्दाहरु रहेका छन् । देउवा एमसीसी अगाडि बढाउन चाहन्छन् । तर, प्रचण्ड र माधव नेपाल यसलाई अलमलाएर रोक्न खोजिरहेका छन् । प्रतिनिधि सभाको चुनावमा देश गएमा एमसीसीको विषय टर्न सक्छ । अर्कोतर्फ, गठबन्धनबीच चुनावी तालमेलको सम्भावना पनि रहन्छ ।

चुनाव कुन पहिले गर्ने र कहिले गर्ने विषयले मतभेद बढ्दा गठबन्धन नै धरापमा पर्ने सम्भावना पनि छ । मध्यमार्गी खोज्न स्थानीय चुनाव र प्रतिनिधि सभा चुनाव एकसाथ गर्ने पनि हुनसक्छ । जेठमा चुनाव गर्ने गरी मध्यमार्गी बाटो खोज्नेबारे पनि छलफल भएको छ ।

नेकपा एमाले भने पहिले स्थानीय चुनाव गर्नुपर्ने पक्षमा छ । उसले संविधानको प्रावधानलाई उठाइरहेको छ । काँग्रेस पनि स्थानीय चुनाव पहिले गर्नुपर्ने पक्षमा उभिएकाले एमालेलाई सहज भएको छ ।

अहिले स्थानीय चुनाव पहिले गर्ने विषयमा काँग्रेस र एमालेबीच मत मिलेको छ । अर्कोतर्फ, एमसीसीको मुद्दामा पनि दुई दल सहमत हुनसक्ने सम्भावना छ । काँग्रेस एमसीसी पारित गर्ने पक्षमा छ । ओली पनि प्रधानमन्त्री हुँदा एमसीसी पारित गर्ने पक्षमा थिए । उनले अहिले भने यसरलाई रणनीतिक कार्डका रुपमा हेरेका छन् । गठबन्धनका माओवादी र नेकपा एस एमसीसीको विपक्षमा उभिए एमाले पक्षमा उभिने सम्भावना छ । गठबन्धन तोड्ने शर्तमा एमसीसी पारित गर्न तयार देखिने सकेत गरेको एमालेका कारण सत्तामा हलचल आउने सम्भावना बढेको छ ।-File Photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved