कैलालीको धनगढीमा सुवास रावलले सञ्चालन गरिरहेको ग्लोवल मोबाइल ग्यालरीमा छापा पार्न गएका प्रहरीले मोबाईल पसलबाट दुई वटा मोबाईल चोरेका थिए ।माघ ५ गते साझ ८ बजे धनगढीको चौराहमा रहेको ग्लोवल मोबाइल ग्यालरीमा जिल्ला प्रहरी कार्यालयको टोली लागुऔषधका बिषयमा छापा हान्न पुगेको थियो ।
प्रहरीले मोबाईल पसलको खानतलासी लिनेक्रममा मोबाईल चोरीरहेको सिसि क्यामरामा कैद भएको भिडियोमा देख्न सकिन्छ । मोबाईल चोरीको भिडियो सार्बजनिक भएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक जना हवल्दार र अर्का एक जवान हिरासतमा राखी कारबाहि अगाडी बढाएको छ ।मोबाईल ग्यालरीका सञ्चालक सुवास रावलले भिडियो प्रमाणसहित प्रहरी कार्यालयमा निवेदन दिएपछि घटना बाहिर आएको हो ।
