आकाश मगर, उदयपुर । लिमचुङ्बुङ्ग गाउपालिकामा प्रमुख मेजर राईले पालिकालाई समृदी बनाउन सोलुखुम्बु स्थित बिस्वकै अग्लोहिमाल सगरमाथा बेच्ने बताएकाछन। उदयपुरको कर्णाली भनेर चिनिने गाउपालिका भौगोलिक हिसाबले बिकासमा निकै पछि परेको छ ।
सदरकुमा पुग्न गाडिबाट ४ घण्टा जस्तो लाग्ने लिमचुङ्गबुङ्ग सडक सञ्जाल भने फैलिरहेछ ।हिमालय लिडरशिप डेभलभमेन्ट सेन्टर र लिम्चुङ्गबुङ्ग गा.प वडा न.५को साझेदारिमा न्यानो जाकेट ,आरन,लाट्ठि बैसाखि बितरण कार्यक्रमा बोल्दै राईले भने पालिका पिछडिएको र अघिका नेताहरुके गाउको माया नगरी सहर केन्द्रीत भैइ बसाई सरेकोले गाउको हालत उहीँ रह्यो तर अब आफू भने बिश्वकै अग्लो हिमाल सगरमाथा बेचेर अबको २० बर्षमा लिमचुङ्गबुङ्गलाई देशकै समृदी र सम्पन्न पालिका बनाउने बताए।
पालिकाको हरेक भिरमा हिरा पाउने भए पनि त्यसलाई जनताले टिप्न र पहिचान गर्न नसकेको तर हरेक किशानको खसी बाख्राले त्यो हिरा टिप्ने बताए। अगामी दिनमा ब्यावसायिक बाख्रापालन गरेर उत्पादन सहर पठाई गाउमा पैसा तान्ने रणनिती रहेको राईले बताए। पालिकाको योजनामा रहेको भ्युटावरबाट सगरमाथा हेर्न सकिने भएकोले अब यसको प्रचार प्रसार गरेर पर्यटनमा जोड दिई अर्बौं आम्दानी लिने र जनताको जीवन स्तर उकास्ने आफू सङ्ग दर्शन भएको र सोही भ्यु टावरबाट ,हलेशिको दर्श गर्न मिल्ने, सुर्यदय हेर्न अब ईलाम जानै नपर्ने ,यहिबाट सुर्यदय,सुर्य अस्ताएको हेर्न पाउने भएकोले अबको २० बर्ष पछि लिमचुङ्गबुङ्गको जनस्तर कायपलट हुने बताए।
