Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भरतमणीका कारण थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालको एउटा ठेक्का विवादमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 18, 2022
27 shares

 

काठमाडौं । धादिङ्गको सिद्धलेक गाउँपालिकामा औषधी खरिद घोटालामा मुछिएका भरतमणी सिलवालका कारण थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालको एउटा ठेक्का विवादमा आएको छ ।

उक्त अस्पतालले दुई सय बेड आइसोलेसनको लागि सर्जिकल सामग्री खरिदका लागि ठेक्का आह्वन गरेको थियो । काठमाडौंको त्रिपुरेश्वरमा सर्जिकल सामग्रीको सप्लाई गर्दै आएका सिलवालले सेटिङ्गमा धेरै मुल्य प्रस्ताव गरेर पनि ठेक्का हत्याएका हुन् ।

 

टेन्डर प्रक्रिया अनुसार सबैभन्दा कम मुल्यमा टेन्डर हाल्ने फर्मबाट सामान खरिद गर्नुपर्ने सार्वजनिक खरिद ऐनमा उल्लेख छ । तर, उनको स्वामित्व भएको कम्पनिले धेरै मुल्य प्रस्ताव गरेर पनि ठेक्का पाउने सुचीमा परेको छ ।

झिल्को अनलाइनले सार्वजनिक गरेको कागजात अनुसार यो टेन्डर प्रक्रियामा सबैभन्दा कम रकम वोलकवोल गर्ने बसुन्धाराको डीबीटी इन्टरप्राइजेज हो । उसले सर्जिकल सामाग्रीको जम्मा भ्याट सहित ७१ लाख ९६ हजार नौ सय ७० रुपैयाँ प्रस्ताव गरेको छ । तर, आसयपत्र पाउने सिलवालको मेडिएड कन्सर्न प्रा.लीले ८३ लाख ४७ हजार तीन सय १० रुपैयाँ प्रस्ताव गरेको थियो ।

धादिङ्गको सिद्धलेक घर भएका भरतमणी सिलवाल प्रशुती गृहको फार्मेसीमा दश वर्षदेखि काम गरेका व्यक्ति हुन् । सोही क्रममा उनले अस्पतालका तल्लोदेखि माथिल्लो तहका कर्मचारीलाई राम्रो सँग चिन्ने अवसर पाएका थिए । सबैलाई चिनिसकेपछि त्यहीँँका केही कर्मचारीले उनलाई टेण्डर सप्लाईको काममा लाग्न सुझाए । अरुबाट कमिसन लिन भन्दा सिलवालसँग कमिसन लिन सजिलो हुने र कमिसनको कुरा बाहिर नजाने बुझेर अस्पतालका धेरै नाफा हुने टेण्डर भरतलाई दिने गरिएको स्रोतको दाबी छ ।

 

समाचार श्रोतका अनुसार यो सर्जिकलको टेण्डरमा सबैभन्दा कम मूल्य हाल्ने डीबीटी इन्टर प्राइजेज र टेण्डर प्राप्त गर्ने मेडिएडबीचको फरक मूल्य भनेको करिब ११ लाख हो । मेडिएडलाई टेण्डर दिएपछि यी दुई बिचको फरक रकम ११ लाख त्यहाँका कर्मचारीले सोझै एडभान्स अनुरुप पाउँछन् भने अरु दश प्रतिशत कमिशन सप्लाई सकिने बेलामा पाउँछन् । यसको सबै चाजोपाजो मेडिएडका मालिक भरत सिलवाल र प्रशुतिका उप हस्पिटल प्रशाशक रानु थापाले मिलाएको दाबी छ ।

कोरोना महामारीको समयमा धादिङ्गको सिद्धलेक गाउँपालिकाले खरिद गरेको मेडिकल सामग्रीमा चरम घोटाला भएको थियो । गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालको मिलेमतोमा भएको उक्त घोटालाको डिजाइनर यीनै भरतमणी थिए । भरतमणीले आफ्नो कम्पनिबाट नभई सन्जु श्री मेडिसिन सप्लाईबाट महँगोमा औषधी लगायत मेडिसिन सामग्री खरिद गराएका थिए । उनका दाई नातापर्ने स्वास्थ्य प्रमुख राम प्रसाद सिलवाल समेत घोटालामा समलग्न थिए । Diyopost.com ओझेलकाे खबर

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved