Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम तयारीमा निर्वाचन आयोग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 18, 2022
[webverse_shares]

काठमाडौं । निर्वाचन आयोगले कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै पूर्ण स्वास्थ्य निर्देशिका पालना गरेर राष्ट्रियसभा सदस्यको निर्वाचन हुने जनाएको छ।

यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको आयोगको भनाइ छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गर्ने विषयमा आवश्यक सबै खालका तयारी गरिएको जानकारी दिए।

‘अहिले निर्वाचनको अन्तिम तयारी अवस्थामा छौं। कोभिड संक्रमण र संक्रमित मतदाता पनि हुनसक्ने भएकाले त्यसतर्फ पनि ध्यान दिएका छौं,’ उनले भने, ‘संक्रमति नभएका र भएकाहरुले पनि सहज मतदान गर्न पाउने हिसाबले व्यवस्थापन गरिएको छ।’

उनले निर्वाचनलाई लक्षित गर्दै आयोगले कोभिडको समयमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका सन्दर्भमा आवश्यक निर्देशिका पनि तयार गरेर पठाइसकिएको जानकारी दिए।
आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार विभिन्न जिल्लामा गएर मतदातासँग आवश्यक सम्पर्कमा नै रहेका छन्।

आयोगले मतदातालाई दिने मतदाता शिक्षा पनि अनलाइनका माध्यमबाट सञ्चालन गरेको छ। ‘सबै मतदातालाई एकै ठाउँमा राखेर मतदाता शिक्षा दिन नसक्ने भएकाले हामीले प्रविधिको प्रयोग गरेका छौं,’ उनले भने, ‘त्यससम्बन्धी विवरण तयार पारेर सबै मतदाताको इमलेमा कसरी मतदान गर्ने भनेर नमूना पठाइसकेका छौं।’

आयोगका अनुसार माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि देशैभर २ हजार २२५ जना मतदाता रहेका छन्।

कोभिडको कारणले ठूलो पराकिलो ठाउँ चाहिने हो भने मतदान स्थलको विषयमा पनि आवश्यक अध्ययन गरेर काम गर्नका लागि निर्वाचन कार्यालयलाई अनुरोध गरिएको थपलियाले जानकारी दिए।

राष्ट्रियसभा सदस्य निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन दलहरुले सिट बाँडफाँड गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved