Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जिल्लामा सञ्चालित विकासका पूर्वाधारहरुको निर्माणका कामलाई तीव्रता दिन प्रशासनको ध्यानाकार्षण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 18, 2022
27 shares

खोटाङ । नेकपा (एमाले) खोटाङले जिल्लामा सञ्चालित विकासका पूर्वाधारहरुको निर्माणका कामलाई तीव्रता दिन प्रशासनको ध्यानाकार्षण गराएको छ । ठेकेदारको लापरवाहीले जिल्लामा निर्माणाधीन विकासे योजनाको काममा ढिलासुस्ती हुनुका साथै गुणस्तरहीन भएको भन्दै तत्काल गुणस्तरीय कामलाई तीव्रता दिलाउन एमाले खोटाङले प्रशासनको ध्यानाकार्षण गराएको हो ।

विकास निर्माणमा ढिलासुस्ती भएको भन्दै एमाले खोटाङका अध्यक्ष रामप्रसाद दङ्गाल लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहललाई ध्यानाकार्षणपत्र बुझाएको छ । एमाले खोटाङले विकासका पूर्वाधारहरुको निर्माण कार्यमा भएको बेवास्ता, ढिलासुस्ती, गैरजिम्मेवारीपन, अनियमितता र दिक्तेलस्थित मालपोत कार्यालयको सेवा प्रवाहमा आएको ढिलासुस्ती र अनियमितताका बारेमा निस्किएको जनगुनासो साथै अन्य विभिन्न सरकारी कार्यालयहरुले दिने सेवा सेवा प्रवाहमा देखिएको लापरवाही र ढिलासुस्तीप्रति प्रशासनको ध्यानकार्षण गराएको हो ।

एमाले खोटाङले फोक्सिङ्टारको निर्माणधीन मोटरेबल पुल, महुरे-फोक्सिङ्टार-गाईघाट सडक, दिक्तेल अस्पताल चोक-खानीडाँडा-आहाले सडक, जाल्पा-ऐसेलुखर्क-बाक्सिला सडक, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने पङ्खु-लप्से मोटरेबल पुल लगायतका पुलहरु, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगतको निर्माणाधीन सेखुवा सडक, विभिन्न पालिकाहरुमा बन्न शुरु भएका स्वास्थ्य संस्थाहरु, हलेसी बृहत खानेपानी लिफ्टिङ योजना, साप्सुखोला लिफ्टिङ खानेपानी योजना, दिक्तेल अस्पताल चोक साप्सुखोला-खोटाङबजार पाँचधारे सडक आयोजना लगायतमा ढिलासुस्ती तथा अनियमितता भएको जनाएको छ । एमालेले बुझाएको ध्यानाकार्षणपत्रमा भनिएको छ “नेपाली जनताको सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमानको रक्षाका खातिर र खोटाङ्गे जनताले सहजरुपमा पाउनुपर्ने सेवा प्रवाहमा आएको गतिरोधलाई अन्त्य गर्ने नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ सम्बन्धित पक्षलाई सचेत रहन हार्दिकतापूर्वक आग्रह गर्दछ ।”

ध्यानाकार्षणपत्रमा जनसरोकारका विषयमा भएका ढिलासुस्ती, लापरवाही, बेवास्ता, र अटेरीपनको तत्काल अन्त्य गर्नसमेत भनेको छ । निर्माण व्यवसायीहरुलाई नियमअनुसार कानूनी दायरामा ल्याइ विकास निर्माण कार्यलाई तीव्रता दिन र अपुरा रहेका कामहरुको पूणर्ताका लागि पहल गर्न प्रशासन र नेपाल सरकारसँग माग गरेको छ ।

यदि हाम्रो मागलाई बेवास्ता गरे चरणबद्ध आन्दोलन गर्न बाध्य हुने अध्यक्ष दङ्गालले हस्ताक्षर गर्नुभएको ध्यानाकार्षणपत्रमा उल्लेख गरिएको छ । जिल्लामा भएका विकास निर्माणका काममा भएका ढलासुस्ती लगायतका विषयमा प्रशासनले एक्सनको रुपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

ध्यानाकार्षणपत्र बुझाउँदै अध्यक्ष दङ्गालले जनताको पक्षमा काम गर्न प्रमुख जिल्ला अधिकारी दाहाललाई आग्रहसमेत गर्नुभयो । “एमाले जनताको पार्टी हो”, उहाँले भन्नुभयो, “एमाले खोटाङ विकास निर्माणमा भएको ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता लगायतका विरुद्ध सँधै लडीरहने छ ।”

केहि वर्ष अगाडि एमाले खोटाङले जयरामघाटस्थित दूधकोशी पुल र घुर्मीको सुनकोशी पुल निर्माणमा भएको ढिलाइका बारेमा सडक विभागमा धर्ना दिएको थियो । त्यस बेला दर्जन बढी नेता गिरफ्तारमा परेका थिए ।

यता, एमालेले बुझाएको ध्यानाकार्षणपत्र बुझ्नुहुँदै प्रमुख जिल्ला अधिकारी दाहालले विकासे योजनामा भएको ढिलासुस्तीका बारेमा प्रशासन गम्भीर रहेको बताउनुभएको छ । प्रजिअ दाहालले प्रशासनको श्रेत्रबाट गर्नुपर्ने पहलका बारेमा आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

ध्यानाकार्षणपत्र बुझाउन एमाले खोटाङका सचिव कुमार आचार्य, सह-सचिव दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई प्रशासन पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved