Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रसव व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवतीको निःशुल्क हवाइ उद्धार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 18, 2022
69 shares

खोटाङ। खोटाङमा प्रसव व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवतीको निःशुल्क हवाइ उद्धार गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २५ वर्षीया रोजिना खड्काको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरेर सुविधा सम्पन्न अस्पताल पठाइएको हो ।

सामान्यताया गर्भ रहेको ३७ महिनासम्ममा सुत्केरी व्यथा लाग्नु सामान्य मानिए पनि खड्कालाई गर्भ रहेको ३४ महिनामै सुत्केरी व्यथा लागेपछि सोमबार उपचारका जिल्ला अस्पताल दिक्तेल लगिएको थियो । स्वास्थ्य जाँचमा उनको पाठेघरको पानीको फोका समय अगावै फुटेको पाइएको जिल्ला अस्पतालका डा. मनिष पौडेलले बताए । त्यस्तो अवस्थामा गर्भवती र गर्भमा रहेको शिशु दुवैको स्वास्थ्य जोखिमपूर्ण हुने र त्यसको जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भएकाले अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई उद्धारको पहलका लागि पत्र पठाएको थियो ।

अस्पतालको पत्रका आधारमा जिल्ला प्रशासनले सोमबार साँझ नै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, समन्वय इकाइ, सिंहदरबारलाई उद्धारका लागि हेलिकोप्टरको व्यवस्था गर्न सिफारिस गरेको थियो । तर, रातको समयमा हवाइ उद्धार सम्भव नभएकाले इकाइले मंगलबार पठाएको हेलिकोप्टर प्रयोग गरी दिक्तेल हेलिप्याडबाट बिहान साढे ९ बजे उद्धार गरेर प्रसूति गृह थापाथली पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिए । राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाइ सेवाबाट जिल्लामा दर्जनौँ गर्भवती तथा सुत्केरीको उद्धार भइसेकेको छ । File photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved