कपोलकल्पित र अतिरन्जित तवरले गोयवल्सको शैलीमा विभिन्न भ्रामात्मक दुस्प्रचार गरि अबोध दिमागहरूमा झुटलाई सत्य बनाइदिने र जनताको दिमागलाई कब्जा गरी शासन गर्ने काम अतिवादी र आत्मघातीहरूको हो। सचेत नागरिक यस्तो अफवाहमा कहिले पनि फस्न सक्दैन। त्यसैले बिकासप्रेमी सचेत नागरिकहरूले अब सत्यलाई सत्य बनाएर झुटलाई झुट बनाउन सक्नुपर्छ। यो त अति भयो अब।
अतिले खती गर्छ। र अतिवादले राष्ट्रलाई चुर्लुम्मै डुबाउँछ। अतिवादीहरूले जनताको खाली दिमागमा राष्ट्रवादको पिठोभित्र झुटको मासु
हालेर बिषाक्त म:म बनाई खुवाउदैछन्। त्यसैले MCC जस्तो वैदेशिक सहयोगमा पनि राष्ट्रघातको बिल्ला भिराएर अनावश्यक भ्रम फैलाउदैछन्। बिभिन्न वैदेशिक कम्पनीहरूले जलविद्युतमा नेपाललाई चुर्लुम्मै डुबाएर PPA सम्झौता गराएर राष्ट्रघात गरेको चाहिँ देख्दैनन्। यस्तै अतिवादीहरू उफ्रेर काठमाडौं-तराई फास्ट ट्र्याकको सुरुङ्ग बनाउने काम सेनालाई जिम्मा दिए। अब यो कहिले बन्ने हो निश्चित नै छैन।
एउटा क्म्पनीले १२० अर्वमा बनाइदिन्छु भनेको थियो। तर अहिले अतिवादीहरूको मूर्ख आवाजले गर्दा ४०० अर्व खर्च हुँदा पनि कहिले बन्ने हो ठेगान छैन। MCC को सहयोगमा अहिले बन्ने परियोजनामा ७०-८० अर्व जति खर्च हुन्छ। तर यदि यो मूर्ख अतिवादीहरूको ब्यबधानले अहिले बन्न सकेन भने नेपाल आफैले फेरि यो बनाउन सक्नेछैन। भारतको मनोमानी हुन्छ र उसलाई नै ठेक्का दिनुपर्ने हुन्छ। त्यसको लागि उसले ५००-६०० अर्व माग्छ अर्थात् झण्डै दश गुणा!!!
अहिले पनि बर्षायाममा दैनिक १ अर्वको बिजुली खेर गइरहेको छ। आगामी ५ बर्षमा दैनिक २०-३० अर्वको बिजुली खेर जानेछ। यदि यो प्रसारण लाइन बन्न सकिएन भने नेपाली शेयर लगानीकर्ताहरूको खरवौं लगानी चुर्लुम्मै डुब्नेछ। हाँसोलाग्दो कुरो के छ भने जलविद्युतमा शेयर लगानी गर्नेहरू पनि अतिवादीहरूको लहैलहैमा लागेर MCC मुर्दावाद भन्दै उफ्रिरहेका देखिन्छन्!!
आफ्नै घुँडामा बन्चरो हानेर कस्तो राष्ट्रवाद बोकेका हुन्?! हाम्रो बिजुली भारत र बंगलादेशलाई बेच्न सकेन भने के चिनले किन्छ???? चिनले नेपालमा अमेरिकी सहयोग नआओस् भन्छ। त्यो उसको स्वार्थको लागि भन्नू ठिकै होला। तर नेपालले आफ्नो फाइदालाई हेर्नुपर्छ। बिनासिंत्तैमा वैदेशिक सहयोगमा पनि राष्ट्रवाद घुसाईरहन जरुरत नै छैन। यस्तो नक्कली राष्ट्रवादले नेपालमा वैदेशिक सहयोगको लागि गुड्विल नाश हुन्छ।
श्रीलंकाजस्तै चिनको ऋणपासोमा पर्ने सम्भावना हुन्छ। किनकि बिश्वभरका असल दाताहरूलाई चिढ्याएर भोलि सबै वैदेशिक सहयोग बन्द हुनसक्छ र चिनसँग ऋण लिएर BRI मा फस्दा नेपालको अर्थतन्त्र बर्बाद हुन सक्छ। अनि त्यतिखेर कहाँ हुन्छ राष्ट्रवाद??!! अरूको लहलहैमा MCC को बिरोध गर्नुभन्दा पहिले त्यो कम्प्याक्टमा के लेखेको छ भनी आफै पढौं। नेपाली जनताको भलो होस्।
