Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माओवादीद्वारा मुक्तिनाथ मारियकाे २० बर्ष पूरा, खै न्याय ??

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 17, 2022
841

काठमाडौं । लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक हत्या गरेको २० वर्ष बितेको छ । ३ माघ २०५८ मा मुक्तिनाथ चन्दा नदिएको आरोपमा झुण्ड्याइएका थिए । मुक्तिनाथ लमजुङको दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका शिक्षक हुँदै प्रधानाध्यापक भएका थिए । विज्ञानका शिक्षक मुक्तिनाथले माओवादी प्रभावित क्षेत्रमा संघर्षका साथ शिक्षण पेशालाई निरन्तरता दिएका थिए ।

 

माओवादी द्वन्द्वले गाउँबाट धेरै मानिस पलायन भए । तर, विज्ञान जस्तो महत्वपूर्ण विषयका शिक्षक मुक्तिनाथले विद्यार्थी र विद्यालयको माया मार्न सकेनन् । ३ माघ २०५८ को दिउँसो १ बज्नै लाग्दा मुक्तिनाथ अधिकारी कक्षा १० मा विज्ञान पढाउँदै थिए । नेकपा माओवादीका कार्यकर्ता कक्षाको ढोका नजिक आएर काम छ भनी डाके । माओवादीको टोलीले उनलाई जर्बजस्ती लान खोजे । उनी जान तयार भएनन् । विद्यार्थीले अनुनय विनय गरे तर माओवादी कार्यकर्ताको मन पग्लेन ।

माओवादीले खुट्टा बाँधेर हिंड्न मात्र मिल्ने गरी लगेका थिए । उनलाई पेस्तोल तेर्साएर तसाईएको थियो । शिक्षकहरुले मुक्तिनाथलाई लगेको दृश्य हेर्न मात्र सके । जानेबेलामा पनि उनले विद्यालय र विद्यार्थीको चिन्ता गरेका थिए । राम्ररी विद्यालय चलाउन भनेका थिए ।मुक्तिनाथलाई जर्बजस्ती डाँडाको टुप्पोमा लगे । आक्रमण गर्न थाले । मुक्तिनाथ चिच्याउन थाले । तर, हत्याको योजनासहित आएकाहरुले कन्चटमा गोली हाने । डाँडामा गोलीको आवाज सुनियो । मुक्तिनाथको हत्या भइसकेको थियो । हत्यापछि मुक्तिनाथलाई उत्तिसको बोटको फेदमा गलबन्दीले बाँधेर गए । हात पछाडि बानेका थिए ।

घरमा श्रीमती विरामी पर्दा पनि मुक्तिनाथ विद्यालय जान रोकिदैनथिए । उनको विद्यालयप्रति यति प्रेम थियो । तर, त्यही विद्यालयबाट उनलाई अपहरण गरी लगी हत्या गरियो ।मुक्तिनाथको हत्या भएको २० वर्ष भयो । कर्तव्यनिष्ठ शिक्षकको हत्याको दोषीमाथि अझै कारबाही भएको छैन ।

मुक्तिनाथ हत्याको मुख्य कारण चन्दा नै थियो । उनी निमित्त प्रधानाध्यापक हुँदा माओवादीले शिक्षकको २५ प्रतिशत दशैं पेश्की माग गरेका थिए । तर, अधिकारी असहमत भए । त्यसपछि उनी तारोमा परे ।मुक्तिनाथको परिवारले विद्यालय छाड्न भनेका थिए । माओवादीको धम्कीले शिक्षकहरुले धमाधम विद्यालय छाड्न थालेका थिए । तर, मुक्तिनाथ मानेनन् । उनी विद्यालयलाई यति माया गर्थे कि कुनै दिन बिदा बस्न मान्दैनथिए ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved