प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति जुट्न नसकेपछि अन्ततस् मतदानबाटै टुंगो लाग्ने भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव राखे पनि सहमति जुट्न नसकेपछि मतदान हुने भएको हो । समितिले आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरिसकेको छ ।
सोमबार बिहान ११ प्रदेशसभा बैठक बस्दैछ । राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन मतदान हुनेछ।
आइतबार बसेको प्रदेश सभाको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले पेस गरेको प्रतिवेदनमा ६ बुँदे निष्कर्षसहित नाम र राजधानी निर्वाचन प्रकृयाबाट टुंगो लगाउनुपर्ने उल्लेख छ ।
प्रतिवेदनमा राजधानीका लागि जनकपुरधाम उत्तरमा ढल्केबरस्थित पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला मध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमासम्म राखिएको प्रस्तावमा दलहरुबीच सहमति भएको जनाइएको छ ।
