विज्ञप्तिमा भनिएको छ, ‘दुई पक्षबीच सुल्झाउन बाँकी सीमाका विषयहरु हाम्रो निकट तथा मैत्रीपूर्ण द्वीपक्षीय सम्बन्धको मर्मको आधारमा सम्बोधन गर्न सकिन्छ ।’दूतावासले भारतको नेपालसँगको सीमाका विषयमा धारणा स्पष्ट र यथावत् रहेको समेत जनाएको छ । भारतको धारणामा कुनै परिवर्तन नभएको उल्लेख गरेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक निर्माणको विषयमा अभिव्यक्ति दिएपछि नेपालका राजनीतिक दलहरुले विरोध गरेपछि भारतको धारणा सार्वजनिक भएको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभागका रुपमा नक्शामै समावेश गरिएको छ । तर, भारतले उक्त क्षेत्रमा नियन्त्रण कायम गर्दै आएको छ ।-File Photo
