हिमांशु राय,बेलबारी ।
नेपाली काङ्ग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधी मोरङ क्षेत्र नं.३, प्रतिनिधी सभाका प्रत्यासी नोवेल मेडिकल कलेज तथा काठमाण्डौ मेडिकल कलेजका संञ्चालक डा.शुनिल शर्मा प्रती गरिएको दुर्रब्यावहार को घोर भत्सर्ना गर्दै नेपाली काङ्ग्रेस बेलबारी नगर कार्यसमितिले पत्रकार सम्मेलन मार्फत उक्त दुर्रब्यावहार प्रती विज्ञप्ति जारी गरेको छ।
विगत केही दिनदेखि नोवेल मेडिकल कलेज र काठमाण्डौ मेडिकल कलेजका विध्यार्थी हरु र संञ्चालक समिति बिच अतिरिक्त शुल्क संम्वन्धी उत्पन्न विवाद समस्या समाधानको लागी सरोकारवाला पक्षहरु संग शिंहदरवार स्थित प्रतिनिधी मुलक छलफल सकेर बाहिरिने क्रममा शिंहदरवार परिसरमै विध्यार्थी संगठन संग आवद्ध केही अभद्र ब्यक्तिहरु द्वारा डा.शर्मा माथी दुर्रब्यावहार गर्ने प्रयास भएको मा नेपाल सरकारको ध्यानकर्षण गराउँदै दोषी लाई कडा भन्दा कडा कानुनी कार्वाही को माग गरिएको विज्ञप्ति मा उल्लेख छ।
संविधानले कुनैपनि नेपाली नागरिकलाई प्रचलित कानुनको दायरामा रहेर नेपालको जुनसुकै स्थानमा आफ्नो क्षमता अनुशारको ब्याबसाय संञ्चालन गर्नै स्वीकृति र अधिकार दिएको अवस्थामा विगतमा राज्यलाई सबै भन्दा उत्कृष्ट कर तिर्ने र राज्य बाटै पुरस्कृत हुने नोवेल मेडिकल कलेज र डा. सुनिल शर्मा माथी केही समय यता विभिन्न वाहानामा यस्ता हर्कत,अराजक र अतिरञ्जित क्रियाकलाप हरु गराउने गिरोह सक्रिय रहेकोले लोकतन्त्रको उपहास गरि यस प्रकारको गतिविधि हरु संञ्चालन गर्ने जो कोहि भएपनि आफ्नो पार्टी नेपाली काङ्ग्रेस यस्ता अराजक र विध्वंसात्मक गतिविधिको विरुद्धमा अब चुप नबस्ने तर ससक्त अघि बढ्ने साथै विभिन्न विरोध का कार्यक्रमहरुको समेत आयोजना गर्ने तयारीमा पार्टी मा छलफल चलाउने नेपाली काङ्ग्रेस बेलबारी नगर सभापति छत्र लिम्वुले जानकारी गराए।
