अबुधाबी युएई समाचारदाता ।
युएईमा दुई बर्ष भित्र ३ सय २४ जना नेपाली हरुले ज्यान गुमाएको नेपाली दूतावासले जनाएको छ। दुताबासको तथ्यांक अनुसार ई.सं २०२० मा १८६ जनाको मृत्यु भएको छ ।
जस्मा प्राकृतिक मृत्यु ७९ आत्महत्या ४४ दुर्घटनामा २७, हत्या ४ र कोरोना भाईरसबाट ३२ जनाको मृत्यु भएको थीयो। ई.सं.२०२१ मा १३८ जनाको मृत्यु भएको छ ।
जस्मा प्राकृतिक मृत्यु ६५, आत्महत्या २८ दुर्घटनामा २५ , हत्या १ र साऊदी अरबको बोर्डरमा १ जनाको हत्या पछि सब् लाई गाडिएको अबस्थामा भेटीएको दुताबास्को तथ्यांकमा उल्लेख छ।
ई.सं-२०२२ को शुरुवातमा नै १२ जना नेपालीले ज्यान गुमाएको ति मध्ये भीजिट भिजामा आउने २ जनाले आत्महत्या गरेको- सबैजना मृतक हरुको फ्लोअप दुतावासले गरिरहेको र मृतक हरूको परिवारलाई छिट्टै क्षतिपूर्ति दिलाउने कार्यमा दुतावास् लागिपरेको कुरा युएई स्थित नेपाली दुतावास् का राजदूत कृष्ण प्रसाद ढकालले बताएका छन्।
