Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मुख्तार मियाँको हत्या गरेको अभियोगमा ५ जना पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 14, 2022
6 shares

पर्सा। मुख्तार मियाँको हत्या गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–३ छप्कैया बस्ने भारत बिहार जिल्ला वैशाली ग्रामपञ्चायत महुवा घर भएका ई(रिक्सा चालक ४५ वर्षीय मुख्तार मियाँको हत्या गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पर्सा छप्कैया बस्ने भारत बिहार पूर्वी चम्पारण मोतीहारी घर भएका ३० वर्षीय सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका–५ बस्ने २२ वर्षीय निकेश पटेल, पर्सा छप्कैया बस्ने भारत बिहार मुंगेर थाना हवेली खडपपुर ग्राम बैजरपुर घर भएका ५५ वर्षीय सपन मण्डल, छप्कैया बस्ने भारत बिहार घर भएका बक्सर भन्ने ३५ वर्षीय नाजिर हुसैन र छप्कैया बस्ने ५० वर्षीय बाबर हुसैन रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उनीहरूकै आ-आफ्नो घर ठेगानाबाट पक्राउ गरेको हो ।

प्रदेश–२–०३–००१ ह ६६९ नम्बरको ई-रिक्सा चालक मुख्तार यही पुस २१ गते साँझ आफ्नो रिक्सासहित हराइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका(२३ इटियाहीस्थित नारायणी बयोधा अस्पतालको पछाडिपट्टि नहरमा पुस २२ गते मुख्तारको शव फेला पारेको थियो ।

अनुसन्धानको क्रममा मृतकको रिक्सा, अभियुक्त सुनीलको १ थान अटो, घटनामा प्रयोग भएको १ थान फलामको रेन्च, अभियुक्तहरूको २ थान मास्क, रगत लागेको अभियुक्तको २ थान सर्ट, रगत लागेको अभियुक्तको १ थान ज्याकेट, रगत लागेको अभियुक्तको १ जोर जुत्ता र सिसीटिभी फुटेजहरू लगायत प्रहरीले बरामद गरेको छ ।

एउटै घरमा बस्दै आएका अभियुक्त सपन मण्डल र मुख्तारबीच झगडा भएको तथा उक्त झगडाको रिसइवी र आर्थिक प्रलोभनका कारण उनीहरू ५ जना र हाल फरार १ जना भारतीय नागरिक समेत मिलेर मुख्तारको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved