Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेकपा एमाले खोटाङको सातौँ जिल्ला अधिवेशनबाट दंगाल अध्यक्षमा चयन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 9, 2022
75 shares

खोटाङ । नेकपा एमाले खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दंगाल अध्यक्षमा चयन भएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा शनिबार साँझ सम्पन्न बन्दसत्रले दंगाललाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो ।

११९ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य तथा उपसचिवमा दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई चयन भएको छ । श्याम पोखरेलको अध्यक्ष नौँ सदस्यीय लेखा आयोग समितिसमेत चयन गरिएको नवनिर्वाचित सचिव आचार्यले जानकारी दिए ।

दुई दिनसम्म चलेको अधिवेशनले ७७ सदस्यीय जिल्ला सल्लाहकार परिषदसमेत गठन गरेको एमाले खोटाङले जनाएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एमालेका पोलिटब्यूरो सदस्य एवम् एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले शनिबार साँझ नै पद तथा गोपनीयताको शपथ खुवाएको हाे।

दश स्थानीय तहका एक हजार १०० प्रतिनिधि सहभागी एमाले खोटाङको जिल्ला अधिवेशनमा राजनीतिक, साँगठानिक र आर्थिक प्रतिवेदन शुक्रबार नै पारित भएको थियो । ‘सत्तालिप्साले जन्माएको गठबन्धनविरुद्ध एक होऔँ, विकास, समृद्धि र अग्रगतिका लागि सबै एमाले एक बनौँ’ भन्ने नारासहित शुक्रबार उद्घाटन भएको अधिवेशन सर्वसहमतिको प्रयासमा ढिलोगरी सम्पन्न भएको हो ।

अध्यक्षमा सर्वसहमत चयन भएका दंगालले वि.सं. २०४६ सालमा उच्च शिक्षा अध्ययनको क्रममा आर्दश बहुमुखी क्याम्पस विराटनगरबाट राजनीति शुरु गरेकाे जनाइएको छ । दंगाल तत्कालीन बतासे गाविस तथा हालको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा वि.सं. २०२७ चैत–१४ गते जन्मिभएको हो ।

वि.सं. २०४६ सालदेखि अनेरास्ववियुको जिल्ला कार्यसमिति सदस्य भएका दंगाल पार्टी अर्धभूमिगत हुँदा नेकपा (माले)को दिक्तेल समिति सचिव तथा त्यसपछि अखिलको जिल्ला कार्यसमितिमा काम गरेकाे थियो । पार्टीको खोटाङ–विराटनगर सम्पर्क मञ्चको अध्यक्षसमेत भएका अध्यक्ष दंगालले १० नम्बर इलाकाको सचिव तथा क्षेत्रीय समन्वय समितिको सचिवको जिम्मेवारी सम्हालेकाे थियो ।

वि.सं. २०५४ सालयता पार्टीको जिल्ला कार्यसमितिमा लगातार काम गरेका दंगाल एमाले विभाजन हुँदा एमालेमै रहेको थियो । एमाले खोटाङको गत २०७२ वैशाखमा सम्पन्न छैटौँ अधिवेशनबाट उपाध्यक्षमा सर्वसहमत चयन भएका दंगाल तत्कालीन अध्यक्ष बबि चाम्लिङ नेकपा (एकीकृत समाजवादी)मा लागेपछि अध्यक्षमा मनोनित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved