उमेश भुजेल, खाेटाङ । प्रेस चौतारी जिल्ला कमिटी खोटाङको अध्यक्षमा सञ्जीव राई चयन भएका छन्। ‘संमृद्ध नेपाल निर्माणका लागि सवल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता र व्यवसायिक पत्रकारिताका आधार’ नारामा साथमा शनिबार होटल शुभ दिनमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले राईलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो।
अधिवेशनले राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी सर्वसहमत रुपमा चयन गरेको छ। जिल्ला कमिटीको उपाध्यक्षमा राजन ठटाल, अस्मिता खत्री, सचिवमा दिवस रिजाल, सह–सचिवमा खेम पुरी, प्रेम श्रेष्ठ र कोषाध्यक्षमा सन्तोष पौडेल छन्।
सदस्यमा मनोज आचार्य, मिलन आचार्य, योगिन राई, जिवन मगर, चिरञ्जीवी रिजाल, रोशन राई र उमेश भुजेल छन्। सल्लाहकारमा दमन राई, हरिबोल आचार्य, लोकमणि रिजाल, बद्री आचार्य, टिवन राई रहेको प्रेस चौतारी खोटाङका सचिव रिजालले जानकारी दिए।
अधिवेशन एमालेका प्रदेश सदस्य देवान राई, प्रेस काउन्सिलका सदस्य दीपक पाण्डे र प्रेस चौतरीका केन्द्रीय कोषाध्यक्ष ईन्द्र आचार्यले एकसाथ दिप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए। प्रेस चौतारीका केन्द्रीय सदस्य हरिबोल आचार्यको सभापतित्वमा अधिवेशन सम्पन्न भएको हो।
