Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ललिता निवास प्रकरणमातीन सय ६० जनाविरुद्ध सरकारी लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 6, 2022
1.5K

काठमाडौँ ।नेपाल प्रहरीले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनामा पाँच पूर्वसचिवसहित करिब तीन सय ६० जनाविरुद्ध सरकारी लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्ष लामो छानबिन तथा अनुसन्धान बुधबार टुंग्याउँदै पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, युवराज भुसाल, नारायणगोपाल मलेगो र दिनेशहरि अधिकारीलगायतलाई प्रतिवादी बनाएर किर्तेमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदनमा हाल आफ्नो नाममा जग्गा भएका व्यक्तिलाई पनि सरकारी जग्गा हडप्ने कसुरको मतियार बनाएर प्रतिवादी बनाउन सिफारिस गरिएको छ । ललिता निवासको १ सय ४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको सीआईबीको निष्कर्ष छ । उक्त जग्गाको हाल न्यूनतम मूल्य प्रतिआना ६० लाख रुपैयाँ कायम गरिएको छ ।

अहिले ललिता निवासको जग्गा ४ वटा संस्था र ७० भन्दा बढी व्यक्तिका नाममा छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ललिता निवास प्रकरणमै भ्रष्टाचार मुद्दा चलाइएका कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधारमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध भने मुद्दा चलाउनु नपर्ने राय सीआईबीले तयार पारेको छ ।

मुद्दा सरकारी वकिलको कार्यालयबाट पुस २७ भित्रै अदालतमा दर्ता गरिसक्नुपर्ने कानुनी हदम्याद छ । स्रोतका अनुसार सीआईबीले प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी छ । प्रतिवादी सिफारिस गरिएकामाथि मुलुकी अपराध संहिताको दफा २७६ अनुसार कैद र सजाय तथा करिब पौने १४ अर्ब रुपैयाँ बिगो मागदाबी गरिएको छ । उक्त दफामा ७ वर्षसम्म कैद र ७५ हजार रुपैयाँसम्म जरिवाना र बिगो खुलेबमोजिम असुल हुने व्यवस्था छ ।

सीआईबीले ललिता निवासका तत्कालीन भोगाधिकारी, जग्गा हडप्न खडा गरिएका नक्कली मोही, त्यसका लागि सुरुबाटै लागेका योजनाकार/भूमाफिया, भूमिसुधार विभाग, नापी कार्यालय, गुठी संस्थान, डिल्लीबजार मालपोत कार्यालय, तत्कालीन आवास तथा भौतिक योजना र भूमिसुधार मन्त्रालयमा कार्यरत रही निर्णय तहमा संलग्न सचिवसम्मलाई प्रतिवादी बनाएको छ । जग्गा हडप्ने मुख्य अभियुक्तका रूपमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफियाद्वय रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई किटान गरिएको छ ।

प्रतिवादी बनाइएका पूर्वसचिवहरूमध्ये भुसाल २०६२ सालमा भूमिसुधार मन्त्रालयको सचिव थिए । उनले समरजंग कम्पनीका नाममा रहेको ललिता निवास परिसरको करिब ३३ रोपनी जग्गा हडप्न गैरकानुनी रूपमा तयार पारिएको फायल सचिवस्तरीय बैठकबाट सदर गरेका थिए । त्यही फाइलमा उल्लेख भएबमोजिम २०६६/६७ मा प्रधानमन्त्री निवास विस्तारका नाममा करिब २८ रोपनी सरकारी जग्गामा नक्कली मोही खडा गरी आधा जग्गा भूमाफियाले हडपेका थिए । बाँकी रहेको करिब ५ रोपनी जग्गा २०६९ सालमा टिकिन्छा गुठीमा लगेर मोही कायम गरी हडपिएको थियो । त्यसअघि नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिँदा भौतिक योजना सचिवका रूपमा कार्यरत बस्न्यात पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुँदै प्रमुख आयुक्तबाट अवकाश पाएका थिए ।

सट्टाभर्नाको फाइल भौतिक योजनाबाट तयार भई भूमिसुधार सचिवले टिप्पणी सदर गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेका थिए । फाइल स्वीकृत गर्दा भूमिसुधार सचिवका रूपमा छविराज पन्त कार्यरत थिए । पन्त २०६९ चैतमा गठित खिलराज रेग्मी नेतृत्वको चुनावी मन्त्रिपरिषद्का सदस्य पनि हुन् । अर्का पूर्वगृहसचिव मलेगो जग्गा सट्टापट्टा हुँदा भौतिक योजना मन्त्रालयको सहसचिव थिए । उनले सट्टाभर्नाको फाइलमा टिप्पणी उठाएका थिए ।

त्यही फाइल सचिव बस्न्यातबाट सदर गराई भूमिसुधार मन्त्रालय पठाइएको थियो । टिकिन्छा गुठी प्रकरणमा करिब ५ रोपनी जग्गा हडपिएको कसुरमा भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव अधिकारीसहित करिब १ सय २० जनालाई प्रतिवादी बनाइएको छ । तर, यही आरोपमा अनुसन्धानमा तानिएका तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई प्रतिवादी बनाउन सिफारिस गरिएको छैन ।

ललिता निवासका तत्कालीन भोगाधिकारी सुवर्णशमशेरका नातिद्वय हाटकशमशेर र हेमाद्रीशमशेरलाई पनि प्रतिवादी बनाइएको छ । राणा परिवारले पञ्चायतकालमै अधिग्रहण गरी सरकारका नाममा राखिएको करिब १ सय १३ रोपनी जग्गा २०४९ सालमा गैरकानुनी रूपमा आफ्नो बनाएका थिए । त्यसबेला छुट १२ आना जग्गा २०६२ सालमा राणा परिवारले लगेका थिए । गैरकानुनी रूपमा जग्गा लिएका राणा परिवारका अन्य सदस्यको मृत्यु भइसकेको छ ।

२०४९ सालमा जग्गा राणा परिवारलाई दिलाउन सरकारी कागजात किर्तेमा सहयोग गरेबापत जग्गा घूस लिनेलाई पनि सीआईबीले प्रतिवादी बनाएको छ । जग्गा हडप्न कागजात मिलाएबापत तत्कालीन शाखा अधिकृतका रूपमा कार्यरत रही सहसचिव र पछि निर्वाचन आयुक्तबाट अवकाश पाएका सुधीरकुमार शाहसहित ९ कर्मचारी र २ बिचौलियाले भूमिका खेलेको सीआईबीको निष्कर्ष छ । त्यसमा सघाएबापत राणा परिवारले सुधीरकी पत्नी उर्मिलासहित ११ जनाका नाममा करिब २३ रोपनी जग्गा घूस दिएको जनाइएको छ । त्यो जग्गा पछि भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीलगायतले सस्तोमा किनेका थिए । अहिले उक्त जग्गा धितोमा राखी करिब डेढ दर्जन बैंक/वित्तीय संस्थाहरूले भूमाफिया र व्यापारीहरूका नाममा करिब साढे २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

सीआईबीले भूमाफिया शोभाकान्त ढकाल तथा रामकुमार सुवेदी र उनकी पत्नी माधवीबाहेक सबैलाई फरार सूचीमा राखेको छ । सुवेदी दम्पतीलाई सीआईबीले दुई साताअघि पक्राउ गरेको हो भने ढकाल ललिता निवास जग्गा प्रकरणमै अख्तियारले विशेष अदालतमा चलाएको मुद्दाका सन्दर्भमा पहिल्यै पक्राउ परेका थिए

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved