Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उखु किसानको बक्यौता अझै आठ करोड ७० लाख बाँकी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 5, 2022
111 shares

काठमाडौं । उखु किसानको बक्यौता भुक्तानीको व्यवस्था मिलाउन संसदीय समितिले बारम्बार सरकारलाई निर्देशन दिएको भए पनि अझै किसानले पूर्णरुपमा पाउन सकेका छैनन् । विभिन्न चिनी उद्योगले किसानलाई भुक्तानी दिन बाँकी रहेको छ ।प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले अझै उद्योगीले रु आठ करोड ७० लाख भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए । गत वर्ष उद्योगीले उखु किसानलाई रु एक अर्ब ४० करोड भुक्तानी गर्न बाँकी थियो ।

‘सरकारको निर्देशनपछि किसानलाई भुक्तानी दिने क्रम बढेको छ, अघिल्ला वर्षको तुलनामा यसपटक बढी भुक्तानी भइसकेको छ’, उनले भने, ‘भुक्तानी सहजीकरण गरिदिन अर्थ, भूमिसुधार तथा गृहमन्त्रालयमार्फत समन्वय गरिरहेका छौँ ।’ किसानको बक्यौता भुक्तानीका लागि स्थानीय प्रशासनलाई गृहमन्त्रालयमार्फत निर्देशन दिइएको उनको भनाइ छ ।

हिमालय सुगर मिल, श्रीराम सुगर मिल, लुम्बिनी सुगर मिल, अन्नपूर्ण सुगर मिल र इन्दिरा सुगर मिलले किसानलाई भुक्तानी दिन बाँकी छ । उखु किसानलाई भुक्तानी नदिन उद्योगीमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ । सरकारले किसानलाई भुक्तानी नदिने उद्योगीको चलअचल सम्पत्ति रोक्कालगायतका कारबाही गरिरहेको छ ।

कुनै समय चिनीमा आत्मनिर्भर नेपाल अहिले विभिन्न मुलुकबाट आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । नेपालमा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनीको माग रहेको आपूर्ति मन्त्रालयको तथ्याङ्क छ ।नेपालमा वार्षिक एक लाख ७० हजार मेट्रिक टन चिनी उत्पादन हुँदै आएको छ । बजारमा चिनीको अभाव र कालोबजारी हुन नदिन सरकारले बेलाबेलामा निश्चित परिमाणमा चिनी आयात गर्न दिँदै आएको छ । नपुग चिनी व्यापारीले विभिन्न मुलुकबाट आयात गर्ने गरेका छन् ।

अर्थमन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्करले उखु किसानको बक्यौता भुक्तानीको व्यवस्था मिलाउन मन्त्रालय लागिरहेको बताए । उद्योगीलाई राहत दिन विभिन्न योजना ल्याइएको उल्लेख गर्दै उखु किसानको भुक्तानी कुनै पनि हालतमा रोकिन नहुने बताए । उनले सरकारका तर्फबाट किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने व्यवस्था रहेको जानकारी दिए ।

कृषि विकास सचिव गोविन्दप्रसाद शर्माले यस वर्षका लागि उखुको मूल्य निर्धारणका लागि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरिरहेको बताए । उखु किसान तथा चिनी उद्योगीसँग छलफल गरेर मूल्य निर्धारणको प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।

समितिको निर्देशन किन कार्यान्वयन हुँदैन ?

छलफलमा सांसद धर्मशीला चापागाईंले उखु किसानको बक्यौता भुक्तानीका लागि समितिले पटकपटक दिएको निर्देशन किन कार्यान्वयन नभएको भनी प्रश्न गरेका थिए । ‘समितिले निर्देशन दिँदै जाने, मन्त्रालयले कार्यदल बनाउँदै जाने । यस्तो अवस्थाले किसानले राहत पाउँछन् ?, संविधानले परिकल्पना गरेको समाजवाद यही हो ?’, उनले प्रश्न गरे ।

समितिका सदस्य अमनलाल मोदीले किसानका समस्या समाधानका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताए । समितिका सदस्य राजेन्द्र केसीले किसानको बक्यौता भुक्तानीका लागि स्थानीय प्रशासनले थप सक्रियता बढाउनुपर्ने बताए । समितिका सदस्यहरुले उखु किसानका बक्यौता भुक्तानीको दीर्घकालनी उपाया खोज्नुपर्नेमा जोड दिएका थिए । दृष्‍टि

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved