उमेश भुजेल, दिक्तेल।२०६२/६३ काे राजनितिक परिवर्तन सँगै देसमा विभिन्न परिवर्तन भएकाे छ र याे सबै जातजाति बर्य सम्प्रदायमा पनि उल्लेख्य उपलभ्दि मिलेकाे मान्न सकिन्छ। जातजाति र भाषा संस्कृतिलाई जगेर्ना गर्दै विभिन्न जातिहरु अग्रसरनै रहेकाे अवस्थामा लुकेर रहेका भुजेल समुदाय पनि लागिपर्दै आएका छन्।
दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाकाे आर्थिक सहयाेगमा भुजेल साँस्कृतिक संरक्षण सम्बन्धि फाेह्वाेराे प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ। दिक्तेल स्थित शुभदिन हाेटलमा सम्पन्न उक्त कार्यक्रमका विशेष अतिथि तथा नगर प्रमुख दिपनारायण रिजालले देस गणतन्त्रात्कम प्रणालि र संघियतामा आयपछि कुनै जात,धर्म,बर्ग र सम्प्रदायले आफ्नाे माैलिकता,भाष र धर्मकाे अभ्यास साथै संरक्षण र सम्बर्द्धन गर्न सजिलाे भएकाे र याे भुजेल जातिहरुले पनि आफनाे पुर्ख्याैलि भाषालाई संरक्षणकाेलागि गरिएकाे याे कार्यक्रमले आफनाे जातिय भाषा र अस्थित्वकाे लागि एकजुट हुने बताए।
कार्यक्रममा ऐसेलुखर्क गाउँपालिकाकि उपप्रमुख पुस्पाकला भुजेलले समुदायकाे भाषा संस्कृति जगेर्नाकाेलागि आर्थिक सहायता सहित सहयाेग गरेकाेागि धन्यवाद दिँदै स्वदेस तथा बिदेसमा रहेका सबै भुजेलहरुलाई आफ्नाे भाषा संस्कृति जगेर्नामा अग्रसर रहन आग्रह समेत गरेकि थिईन्।
हामिले साकेला नाचलाई निरन्तरता दिएर राईहरुकाे संस्कृतिलाई जिवित राखेका छाैँ भने हामी राईसमुदाय भित्रकाे पनि आफ्नै भाषा रहेकाे र त्यसलाई संरक्षण गरिरहेकै जसरि भुजेल समुदायले पनि आफ्नाे भाषा र संस्कृति जगेर्नाकाे लागि यस्ताे कार्यक्रमहरु निरन्तर रुपले अघि बढाउन हाैसलाकाे लागि नगरपालिकाले सहयाेग गर्ने बताउछिन् दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाका उपप्रमुख बिणादेवि राई।
कार्यक्रममा जिल्लाभरिबाट जम्मा भएका भुजेल समुदायका मानिहरुलाई प्रशिक्षकद्वय बालकुमार भुजेल तथा पृथ्वी भुजेलले आफ्नाे समुदायमा आफ्नै माैलिक भाषा र संस्कृतिमै रम्नकाेलागि मातृभाषा सिक्न र ब्यबहारमा लागुर्न सजिलाेकाेलागि भाषा प्रशिक्षण दिएका थिए।

